राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक सर्वसम्मत पारित | Khabarhub Khabarhub

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक सर्वसम्मत पारित


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ लाई सर्वसम्मति पारित गरेको छ ।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकले विधेयकलाई संसोधनसहित पारित गरेको हो ।

सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ लाई पारित गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मति जनाएको थियो ।

यसअघि विधेयकमाथि १३ जना सांसदहरुले संयुक्त रुपमा दर्ता गराएको संसोधन प्रस्तावमा संयुक्त संशोधनकर्ताहरुको तर्फबाट सांसद ठगेन्द्र प्रकाश पुरीले दफा ३६ बाहेकका अन्य प्रस्ताव फिर्ता लिएका थिए ।

त्यसैगरी अर्का संसोधनकर्ता सांसद रामप्रित पासवानले पनि आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ७ : ४७ बजे

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको