साफ यु–१८ च्याम्पियनसिपको तयारी पूरा, उद्घाटन आगामी शुक्रबार | Khabarhub Khabarhub

साफ यु–१८ च्याम्पियनसिपको तयारी पूरा, उद्घाटन आगामी शुक्रबार


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी शुक्रबारबाट शुरु हुने १९ बर्ष मूनिको साफ च्याम्पियनसिपको तयारी पुरा भएको जनाएको छ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि एन्फाले साफ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने प्रतियोगितामा घरेलु टोली नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्स रहेका छन् ।

प्रतियोगिताका ६ टिमलाई २ समूहमा विभाजन गरिएको छ भने नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा माल्दिभ्स र भुटान रहेका छन् ।

एन्फाले प्रतियोगिताको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनको एनटीभी प्लसबाट हुने समेत जनाएको छ । यस्तै, प्रतियोगितामा दर्शकका लागि ५ सय रुपैयाँको टिकट समेत एन्फाले बताएको छ ।

च्याम्पियनसिपको लागि माल्दिभ्सको टोली नेपाल आइसकेको एन्फाले जनाएको छ । बाँकी टिम केही दिन भित्रमा आइसक्ने एन्फाले जनाएको छ ।

प्रतियोगिताको पहिलो खेल माल्दिभ्ससँग खेल्दै नेपालले आफ्नो यात्रा शुरु गर्नेछ । च्याम्पियनसिपका लागि नेपालले मंगलबार नै २३ सदस्सीय टोलीको घोषणा गरेको हो ।

नेपाली टिमः

गोलरक्षक : विशाल सुनार, सुर्य अधिकारी, पुजन होना

डिफेन्डर : बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, अलिक रुम्बा, एन्जल महर्जन

मिडफिल्डर : शिशिर लेखी, रोशन राना मगर, आकाश बुढा मगर, जया गुरुङ, मनिष थापा, कौशल फुयाल, नितिन थापा

स्ट्राइकर : ब्रिजेश चौधरी, साचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ५ : ०० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन