पोखरा र सिरहाबाट १३ जुवाडे पक्राउ | Khabarhub Khabarhub

पोखरा र सिरहाबाट १३ जुवाडे पक्राउ


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– जिल्लाको सुखीपुर नगरपालिका–८ स्थित एक होटलमा जुवा तास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विवेक सप्लायर्स कोल्ड रमेर एण्ड होटलमा राति १० बजे तास खेलिरहेको अवस्थामा दुई लाख २१ हजार चार सय ४५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुखीपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा सुखीपुर नगरपालिका–८ बस्ने ४० वर्षीय रञ्जित साह, सोही स्थानका ४२ वर्षीय नागेश्वर चौधरी, ५५ वर्षीय रामजित साह, ४० वर्षीय राम किसुन महत्तो, ४० वर्षीय रामबिलास मुखिया रहेका छन् ।

यता, पोखरा महानगरपालिका–९ नयाँबजारस्थित तमु सेवा समितिको भवनमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–९ बस्ने ५५ वर्षीय याम कुमार थापालगायत ८ जनालाई नगद २५ हजार १ सय १० रुपैयाँ र ४ बुक ताससहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ३ : ३५ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द