मार्भलको फिल्ममा फेरि देखिँदैछन् ‘आइरन म्यान’ | Khabarhub Khabarhub

मार्भलको फिल्ममा फेरि देखिँदैछन् ‘आइरन म्यान’


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – ‘एभेन्जर्स इन्डगेम’ मा लिएर दर्शक सबैभन्दा धेरै दुःखी हुनुुको कारण आइरन म्यानको मृत्यु हुनु थियो । दर्शकलाई किन पनि दुःख लागेको थियो भने आइरन म्यानलाई अब पर्दामा देख्न पाइने छैन । रोबर्ट डाउनी जुनियरले फिल्ममा आइरन म्यानको भूमिका निभाएका थिए ।

एक खबरका अनुसार रोबर्टलाई आइरन म्यानका रुपमा अझै एउटा फिल्ममा देख्न पाइने सम्भावना छ । मार्भलको आउँदो फिल्म ‘ब्ल्याक विडो’ मा आइरन म्यानको भूमिका समेत हुनेछ । र, उक्त भूमिका रोबर्टले नै प्ले गर्नेछन् । यो फिल्म सन् २०२० मा रिलिज हुँदैछ । तर, यसबारेमा आधिकारिक जानकारी भने अझै आएको छैन ।

‘ब्ल्याक विडो’ मार्भस सिनेम्याटिक युनिभर्सको २४ औँ फिल्म हुनेछ । यसको कहानी मार्भलको महिला क्यारेक्टर ब्ल्याक विडोको जिन्दगीमा आधारित हुनेछ । यसमा ‘क्याप्टेन अमेरिकाः सिभिल वार’ पछिको कहानी समेटिनेछ । फिल्ममा यो भूमिका स्कार्लेट जोहेनसनले निभाउनेछिन् ।

‘एभेन्जर्सः इन्डगेम’ मा आइरन म्यानको मात्र मृत्यु भएको थिएन । ब्ल्याक विडोको पनि मृत्यु भएको देखाइएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १२ : १० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका