२ महिनामै ५६ जिल्लाका साढे ५ हजारमा डेंगु | Khabarhub Khabarhub

२ महिनामै ५६ जिल्लाका साढे ५ हजारमा डेंगु


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहानै देखि बिरामीको लाइन छ ।

बिहान ७ बजेदेखि खुलेको टेकु अस्पतालको ओपिडिमा बिहान ११ बजेसम्ममा ४ सय भन्दा बढी बिरामीले स्वास्थ्यजाँच र परामर्श लिइसक्छन्। तर बिरामीको संख्या अझै घटेको छैन ।

अस्पतालले डेंगुका बिरामीलाई लक्षित गरेर एकसाता अघिदेखि अस्पतालले ३ वटा ज्वरो क्लिनीक नै सञ्चालन गरेको छ ।

बिरामीहरु ज्वरो आएपछि डेंगुको लक्षण हो कि भन्दै त्रसित भएर आउँने गरेको अस्पतालका सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले बताए । ज्वरो आएर डेंगुको त्रासमा अस्पताल आएका सामान्य बिरामीहरुको सिजिसी र हेमाटोक्रिट परीक्षण गरी लक्षणको आधारमा उपचार गरिएको बास्तोलाको भनाइ छ ।

‘हामीले डेंगुका बिरामी बढेकाले बिहान ७ बजेदेखि नै ओपिडि सञ्चालन गरेका छौं, बिरामीहरु आइरहनुभएको छ,’ डा.बास्तोलाले भने, ‘बिरामीहरु डेंगु भयो कि भनेर आत्तिएर आउनुहुन्छ । हामीले उहाँहरुलाई उपचार र परामर्श दिने गरेका छौं ।’

सामान्य लक्षण देखिएको तर जटिल अवस्था नभएका बिरामीहरुलाई सिटामोल र झोलिलो खाना खान सुझाव दिइएको डा.बास्तोलाको भनाइ छ ।

टेकु अस्पतालमा कीर्तिपुर, बसन्तपुर, डल्लुलगायतका क्षेत्रबाट बिरामीहरु आइरहेको डा.बास्तोलाको भनाइ छ । अस्पतालले डेंगु प्रभावित क्षेत्रका बिरामीहरुको भने लक्षणको आधारमा किटबाट पनि डेंगु परीक्षण गरिएको डा. बास्तोलाले बताएका छन् ।

टेकु अस्पतालमा हाल दैनिक ९ सय बिरामीहरु डेंगुको आशंकामा उपचारका लागि आउने गरेका छन् ।

आइतबार मात्रै ८ सय ९३ जना बिरामी अस्पतालमा आएकोमा ३ सय ५५ जनाको डेंगु परीक्षण गरिएको थियो । जसमध्ये १ सय ६८ जनामा मात्रै डेंगु भेटिएको थियो ।

डेंगुका बिरामी नेपालमा अहिलेसम्मकै उच्च

सरकारी तथ्यांकलाई हेर्दा पछिल्लो ६ वर्षयता वार्षिक रुपमा पनि डेंगुका बिरामीको संख्या ४ हजार पुगेको थिएन । तर हाल दुईमहिनामै डेंगुका बिरामीको संख्या ५ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकका अनुसार साउन १ गतेदेखि भदौ २४ गते सम्ममा ५६ जिल्लाका ५ हजार ९५ जना बिरामीमा डेंगुको संक्रमण भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांका अनुसार २०७०/७१ मा ३ सय २ जनामा डेंगुको संक्रमण देखिएको थियो ।
यस्तै २०७१/७२ मा १ सय ३४ जनामा मात्रै डेंगु भएको पाइएको थियो ।

यस्तै आर्थिक वर्ष २०७२/७३ मा डेंगुका बिरामीको संख्या अघिल्लो वर्षभन्दा बढि देखिन्छ । आर्थिक वर्ष २०७२/७३ को तथ्यांकमा डेंगुका बिरामीको संख्या १ हजार ५ सय २७ जना पुगेको देखिएको छ । यस्तै २०७३/७४ मा २ हजार १ सय ११ जनामा डेंगु भेटिएको थियो ।

यस्तै आर्थिक वर्ष २०७४/७५ मा डेंगुका बिरामी घटेका थिए । एकवर्षमा ८ सय ११ जनामा मात्रै डेंगुको संक्रमण भेटिएको महाशाखाको तथ्यांक छ ।

आर्थिक वर्ष २०७५/७६ मा डेंगुका बिरामीको संख्या निकै बढ्यो । आर्थिक वर्ष २०७५/७६ मा एक वर्षमा ३ हजार ४ सय २४ जनामा डेंगुको संक्रमण भएको थियो ।

आर्थिक वर्ष २०७५/७६ को वैशाखमा धरानमा देखिएको डेंगु आर्थिक वर्ष २०७६/७७ मा अहिलेसम्मकै उच्च छ । अघिल्ला वर्षहरुमा एक वर्षमा हुने बिरामीको संख्या भन्दा यो वर्ष एक महिनामै बिरामीको संख्या दोब्बर भएको छ ।

नियन्त्रणका लागि के गर्दैछ सरकार

देशभर डेंगुको प्रकोप बढ्दै जाँदा डेंगु नियन्त्रण गर्ने प्रमूख निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संघीयता लागु भएपछि डेंगु नियन्त्रणका कार्यक्रम र बजेट स्थानीय तहमा गएको भन्दै पन्छिदै आएको थियो ।

इपिडिमियोलोजीले मात्र होइन स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नै पत्रकारहरुसँग स्वास्थ्य मन्त्रालयले डैंगु नियन्त्रण गर्न नसक्ने बताएका थिए ।

डेंगुको प्रकोप बढ्दै जाँदा सरकारले नियन्त्रणको प्रयास नगरेको भन्दै स्वास्थ्य मन्त्री उपेन्द्र यादवको आलोचना पनि भयो । सडक र संसदमै डेंगु नियन्त्रणमा सरकार चुकेको भन्दै आलोचना भएपछि भने सरकारले गत साता मात्रै प्रधानमन्त्री कार्यलयमा सम्बन्धित निकायहरुको बैठक राख्यो ।

प्रधानमन्त्री कार्यलयमा भएको सचिवस्तरको बैठकले नै विभिन्न निकायहरुसँग छलफल गरी डेंगु कसरी नियन्त्रण गर्ने भनेर छलफल शुरु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.विवेक कुमार लालले बताए ।

‘प्रधानमन्त्री कार्यलयमा नै डेंगुको विषयमा बैठक भएपछि सबै क्षेत्रहरुसँग समन्वय गरेर कसरी डेंगु नियन्त्रण गर्ने भनेर छलफल भएको छ,’ डा.लालले भने, ‘डेंगु नियन्त्रणको लागि कुन क्षेत्रले के काम गर्ने भनेर तय भएको छ । शिक्षा मन्त्रालयका पदाधिकारीसँग बसेर विद्यालय स्तरमा सचेतनाको कार्यक्रम गर्ने, हेल्थ इमजेन्र्सी अप्रेसन सेन्टरल पनि प्रदेशसँग समन्वय गरेर कहाँ केके भइरहेको छ जानकारी लिएको छ ।’

सरकारले डेंगु नियन्त्रणका लागि विभिन्न निकायहरुसँग छलफल गरी हरेक स्थानीय तहका सबैको साथ डेंगुको नाश, हप्ताको एक दिन एक घण्टा भन्ने अभियानका साथ जनसहभागितमा डेंगुको लार्भा नष्ट गर्ने अभियान संचालन गर्न लागेको जनाएको छ ।

यसअघि काठमाडौंमा शुक्रराज अस्पतालको बिरामीको चापलाई व्यवस्थापनका लागि वीर, टिचिङ र सिभिल अस्पतालमा पनी डेंगु परीक्षणको व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १० : ०० बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द