शान्ति वार्ताबारे अमेरिकी राष्ट्रपति ट्रम्प र अफगानी उच्च सल्लाहकारबीचको छलफल सकारात्मक | Khabarhub Khabarhub

शान्ति वार्ताबारे अमेरिकी राष्ट्रपति ट्रम्प र अफगानी उच्च सल्लाहकारबीचको छलफल सकारात्मक


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानी तालिबान समूहसँग शान्ति सम्झौताको तयारीबारेमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उच्च अमेरिकी सल्लाहकारबीच कुराकानी भएको र छलफल ‘निकै राम्रो’ भएको ह्वाइट हाउस स्रोतले बताएको छ ।

राष्ट्रपति ट्रम्पलाई न्यू जर्सीस्थित आफ्नै गृहनगर बेडमिनिस्टरमा अमेरिकी सुरक्षा सल्लाहकारहरूसहित रक्षा मन्त्री मार्क एस्पर, विदेशमन्त्री माइक पोम्पेओ तथा सैनिक प्रमुख जनरल जोसेफ डनफोर्डबीच अफगानी शान्ति प्रक्रियाका बिषयमा भएको प्रगतिबारे जानकारी गराइएको थियो ।

उक्त अवसरमा राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन र तालिवानी समूहसँग वार्ता गर्न जिम्मेवारी पाएका जाल्मे खालिलजादको पनि उपस्थिति थियो ।

डेपुटी प्रेस सेक्रेटरी होगान गिड्लीद्वारा ह्वाइट हाउसमा जारी विज्ञप्तिमा भनिएको छ, “अफगानी सरकार, तालिवान समूहसँग शान्ति तथा मेलमिलापका लागि भइरहेको हाम्रो वार्ताबारे केन्द्रित रहेको थियो भने कुराकानी सार्थक बनेको छ ।”

छलफलबारे राष्ट्रपति ट्रम्पले पनि शनिबार ट्वीट गरेका छन् , “अफगानिस्तानका बिषयमा भएको वार्ता भर्खरै सकिएको छ । १९ बर्ष लामो अफगानी युद्धमा अमेरिकी सहयोगमा बनेको अफगानी सरकारका विरोधमा रहेका धेरैजसो व्यक्ति तथा समूहहरू सम्भवभएसम्म सम्झौता गर्ने पक्षमा देखिएका छन् ।”

यससँगै अफगानिस्तानको शान्तिका लागि सम्झौता हुने सम्भावना बढेको छ भने अमेरिकाले अफगानिस्तानमा लड्दै आएका आफ्ना १४ हजार सेनालाई फिर्ता गर्ने सम्भावना बढेको छ । वासिङ्टनले अफगानिस्तानबाट आफ्नो सेनालाई सकेसम्म छिटो स्वदेश फिर्ता गर्न चाहिरहेको छ ।

संयुक्त राष्ट्रसंघको तथ्याङ्कअनुसार गत बर्ष अफगानिस्तानमा ९२७ बालबालिकासहित तीनहजार ८०४ सर्वसाधारणको द्वन्द्वसम्बन्धी विभिन्न घटनामा परी निधन भएको थियो ।

यस्तै द्वन्द्वका कारण अफगानिस्तानमा यस बर्षको सात महिनामा दुई लाख १७ हजार नागरिक आन्तरिक तथा बाह्यरूपमा विस्थापित बनेका राष्ट्रसंघ मानवीय सहायता मामिला कार्यक्रमले जनाएको छ । द्वन्द्वका कारण अफगानिस्तानमा ठूलो मात्रामा मानवीय सहयोगको आवश्यकता पर्दै आएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  १ : ५७ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख