बार्सिलोना बिल्बाओसँग हार्‍यो | Khabarhub Khabarhub

बार्सिलोना बिल्बाओसँग हार्‍यो


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस लिगको नयाँ सिजनमा साविक विजेता बार्सिलोना एथ्लेटिको बिल्बाओसँग पराजित भएको छ । शुक्रबार राति भएको खेलमा बार्सिलोना १–० ले पराजित भएको हो ।

खेलको ८९ औ मिनेटमा घरेलु टोलीका लागि अरित्ज अडुरिजले विजयी गोल गरेका थिए । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले प्रहारमै गोल गरेका थिए । ३८ बर्षका खेलाडीले यसै सिजनको अन्तिमबाट खेल जिवनबाट सन्यास लिदैछन् ।

लुईस स्वारेज र राफिन्हाले बार्सिलोनका लागि राम्रो प्रर्दशन गरेका थिए । तर यसै सिजन १ सय ७ मिलियन पाउण्डमा क्लब आएका एन्टोनी ग्रिजम्यान भने आफ्नो प्रभाव छाड्न असफल रहे ।

पिँडुलाको चोटका कारण लियोनल मेस्सी अनुपस्थित रहेको खेलमा फिलिप कौटिन्हो समेत मैदान उत्रिएनन् । उनी पछिल्लो समय जर्मन क्लब बार्यन म्युनिखमा लोनमा जादैछन् । स्वारेजले समेत पहिलो हाफको खेलमा चोट बोकेका थिए ।

ईर्नेस्टो भाल्भर्डेको टिम लगातार तेस्रो पटक स्पेनिस लिगको उपाधि उचाल्ने लक्ष्य सहित मैदान उत्रिएको थियो । तर लिगको पहिलो खेलमा बार्साले अप्रत्यासित हार ब्यहोर्न बाध्य भएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ६ : ४२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका