नगरपालिकाका इन्जिनियर ६० हजार घुससहित पक्राउ | Khabarhub Khabarhub
Logo
२२ मंसिर २०७६, आइतबार

नगरपालिकाका इन्जिनियर ६० हजार घुससहित पक्राउ



बेलौरी– कञ्चनपुरको बेलौरी नगरपालिकाका सव इन्जिनियर ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

नगरपालिका क्षेत्रमा पर्ने सडकमा स्लेभ कल्भर्ट निर्माण सम्बन्धी ठेक्काको अन्तिम भुक्तानी वापत ६० हजार रुपैयाँ घुस लिएको अवस्थामा सव–इन्जिनियर हृदयराज बजगाईँ पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले इन्जियनर बजगाईँलाई घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।


भर्खर