आफूलाई स्टार मान्दैनन् अनुपविक्रम शाही, भन्छन्– कलाकार बन्न आएको हुँ | Khabarhub Khabarhub

आफूलाई स्टार मान्दैनन् अनुपविक्रम शाही, भन्छन्– कलाकार बन्न आएको हुँ


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता अनुपविक्रम शाहीले पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा खासै कमाल गर्न सकेका छैनन् । उनले अभिनय गरेका फिल्म त्यति सफल नभए पनि उनका फिल्म एकपछि अर्को गर्दै आउने क्रम भने जारी छ ।

स्टारडमका हिसाबले त्यति जम्न नसकेका अनुपको परिचय भने दोहोरो छ, भिलेन र हिरो ।

यसै कारण उनलाई कतिले हिरो कि भिलेन ? भनेर पनि प्रश्न सोधिरहने गर्छन् ।

आज (आइतवार) काठमाडौंमा आयोजित फिल्मको ट्रेलर रिलिज कार्यक्रममा अभिनेता शाहीले आफू यो क्षेत्रमा हिरो बन्नु भन्दानि कलाकार बन्न आएको बताए । ‘म यो क्षेत्रमा स्टार बन्न आएको हैन, कलाकार बन्न आएको हुँ,’ शाहीले भने, ‘जुन कलाकारले पनि मेरो फिल्म चलोस् भन्ने चाहन्छ, फिल्म कति चल्ने भन्नेमा शुरुका दिनमा कलाकारको हात रहला, तर पछि कलाकारको भन्दा फिल्मकै हात रहन्छ, फिल्म कस्तो छ भन्नेमा भर पर्छ ।’

आफ्ना पछिल्ला फिल्म फ्लप भएको जिम्मा लिनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले सधै कलाकारलाई मात्र दोष दिन नहुने बताए । साथै उनले राम्रो फिल्म बनोस् भन्ने चाहना सधै राख्ने गरेको पनि बताए ।

अनुपविक्रमले अभिनय गरेको फिल्म ‘पुरानो बुलेट’ आउँदो चैत्र १ गतेदेखि प्रदर्शनमा आउँदैछ । उक्त फिल्ममा अनुपले वर्षा शिवाकोटी र माला लिम्बुसँग रोमान्स गरेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ५ : ११ बजे

मार्ग प्रशस्त गर्न कोशीका मुख्यमन्त्रीलाई एमालेको आग्रह

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न

गठबन्धनबाट सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीको दाबी पेस 

काठमाडौं– नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा

काठमाडौंमा कक्षा १२ को परीक्षा केन्द्र स्वचालित विधिबाट तोकियो

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि काठमाडौँ जिल्लाका

गठबन्धनमा गडबड : कांग्रेस भन्छ- नयाँ खबर सुन्न पाइन्छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सत्ता गठबन्धनमा हलचल

साताको अन्तिम नेप्से १९.५६ अंकले घट्यो

काठमाडौं– साताको अन्तिम दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) दोहोरो अंकले