मुलुकको गौरवगाथालाई थप उचो बनाऔंः मन्त्री पोखरेल | Khabarhub Khabarhub

मुलुकको गौरवगाथालाई थप उचो बनाऔंः मन्त्री पोखरेल


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले देशभक्तिको भावनाका साथ अघि बढन सबैलाई आह्वान गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले मुलुकको स्वाभिमान र सामाजिक सदभाव कायम हुनेगरी देशशक्तिको भावना विकास गर्न जरुरी रहेको पनि स्पष्ट पारे ।

आइतबार ललितपुरको लगनखेलस्थित राजदल गणमा आयोजित राष्ट्रिय सेवा दलको दीक्षान्त कवाज कार्यक्रमलाई सम्बोधन गर्दै उनले इतिहासमा कहिल्यै पराधिन हुनु नपरेको मुलुकको गौरवगाथालाई उचाईमा पुर्‍याउने काममा अझै क्रियाशील भएर लागिपर्न राष्ट्रिय सेवा दललाई पनि सचेत गराए ।

उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय सेवा देलले मुलुकको देशभक्तिपूर्ण भावनाको जर्गेना गर्न उल्लेखनीय योगदान दिँदै आएको स्मरण गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।

उपप्रधानमन्त्री पोखरेलले मुलुक बहुजातीय, बहुधार्मिक र बहुसंस्कृतिले भरिपूर्ण रहेको स्मरण गराउँदै सबै जातिका समूदायलाई समान सम्मान गरेर अघि बढन सरकार तयार रहेको पनि जानकारी दिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ४ : ३८ बजे

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।