घरेलु उद्योग महोत्सव तथा तेस्रो प्राङ्गारिक कृषि मेला हुँदै | Khabarhub Khabarhub

घरेलु उद्योग महोत्सव तथा तेस्रो प्राङ्गारिक कृषि मेला हुँदै


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुनको अन्तिम साता ‘नेपाल १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव तथा तेस्रो प्राङगारिक कृषि मेला’ आयोजना हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा यही फागुन २३ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सो मेला आयोजना गर्न लागिएको हो । मुलुकलाई समृद्ध बनाउने सरकारको लक्ष्य हासिल गर्न सघाउ पुर्‍याउने मूल उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको महासंघका कार्यबहाक अध्यक्ष उमेशप्रसाद सिंहले जानकारी दिए ।

नेपाली वस्तुहरुको अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित महासंघले हरेक वर्ष सो मेला आयोजना गर्दै आएको छ । आइतबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरी मेलामा मुलुकभरका उद्यमीहरु, उद्यम सम्बन्धी प्रविधि प्रयोगकर्ताहरु, कृषि व्यवसायमा संलग्न उद्यमीहरु सहभागी हुने जानकारी पनि दिएको छ ।

भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतका सार्क राष्ट्रहरुका उद्योगीहरु समेत सहभागी हुने मेलामा २ सय ५० वटा स्टल तथा २ लाख बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा १० करोडभन्दा बढिको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ४ : १७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन