संघीयता कार्यान्वयनको आधार वर्षका रुपमा प्रजातन्त्र दिवस मनाइँने | Khabarhub Khabarhub

संघीयता कार्यान्वयनको आधार वर्षका रुपमा प्रजातन्त्र दिवस मनाइँने


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रजातन्त्र दिवस भव्य रुपमा मनाउने तयारी गरिरहेको सरकारले प्रजातन्त्र दिवससम्बन्धि सूचनामूलक सामग्री प्रशारण गर्न देशभरका सबै एफएम रेडियो र टेलिभिजनहरुलाई आह्वान गरेको छ । फागुन ७ गते विशेष कार्यक्रमका साथ ६९ औं प्रजातन्त्र दिवस मनाइँदैछ ।

दिवसको तयारी स्वरुप मूल समारोह समिति अन्तरगतको प्रचार–प्रसार उपसमितिले देशभरका सबै सरकारी तथा निजी सञ्चार माध्यामहरु एफएम रेडियो तथा टेलिभिजनहरुलाई प्रजातन्त्र दिवससम्बन्धी सूचनामूलक सामग्री प्रशारण गर्न आह्वान गरेको हो ।

त्यसैगरी उपसमितिले छापा संचार माध्यामहरुलाई सो दिन प्रजातन्त्र दिवससँग सान्दर्भिक लेख, रचनालाई उच्च प्राथमिकता दिई प्रकाशन गर्न पनि उपसमितिले आग्रह गरेको छ । रेडियो नेपाल र नेपाल टेलिभिजनले प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते सैनिक मंच, टुँडिखेलमा आयोजना हुने विशेष समारोह कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्नेछ ।

उपसमिति सदस्य सचिव एवम् संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित मूल समारोह समितिले गरेको निर्णयलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रजातन्त्र दिवस मूल समारोह समितिले आगामी फागुन ६, ७ र ८ गते देशभर तथा मुलुकबाहिर रहेको नेपाली कूटनीतिक नियोगहरुमा पनि प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । फागुन ७ गते सैनिक मंच टुडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यता रहनेछ ।

त्यसैगरी, विशेष अतिथिको रुपमा उपराष्ट्रपति नन्दबहादुर पुन तथा प्रजातन्त्र दिवस मूल समारोह समितिको सदस्यको रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी हुनेछन् । सरकारले यस वर्ष संघीयता कार्यान्वयनको आधार वर्षको रुपमा प्रजातन्त्र दिवस मनाउन लागेको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ४ : ०२ बजे

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

गलेश्वर– विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक