इराकमा टर्किस कूटनीतिज्ञको हत्या | Khabarhub Khabarhub

इराकमा टर्किस कूटनीतिज्ञको हत्या


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बगदाद– उत्तरी इराकको स्वशासित क्षेत्र इराकी कुर्दिस्तानको राजधानी अर्बिलमा बन्दुकधारीले टर्किका कूटनीतिज्ञको हत्या गरेका छन् ।

अर्बिलको अनकावा क्षेत्रस्थित एक रेष्टेरेन्टमा भोजन गरिरहेका बेला दुई बन्दुकधारीले अर्बिलस्थित नियोगका उप महावाणिज्य दूतलाई लक्षित गरी गोली हानेका थिए ।

बन्दुकधारीको आक्रमणका क्रममा अरु एक जनाको पनि ज्यान गएको र अर्का एक घाइते भएको बताइएको छ । गोली चलाउने दुबै बन्दुकधारी फरार छन् । टर्कीका राष्ट्रपति रेजेप तैयप एर्दोगानका प्रवक्ताले आक्रमणकारीको पहिचान गरी आक्रमणको बदला लिने दृढता व्यक्त गरेका छन् ।

आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन । यद्यपि सो क्षेत्रमा टर्कीमो बेग्लै कुर्दिस्तान राज्यको माग गर्दै युद्धरत कुर्दिस्तान वर्कर्स पार्टी पीकेकेका लडाकु सक्रिय रहेको र उनीहरुले नै टर्किस कूटनीतिज्ञको हत्या गरेको हुनसक्ने बताइएको छ ।

टर्कीले आतंककारी समूह भन्दै पीकेकेविरुद्ध व्यापक कारवाही गर्दै आएको छ । बुधबारमात्रै टर्कीले इराकी कुर्दिस्तान क्षेत्रमा पीकेके लडाकुविरुद्ध गरेको हवाई आक्रमणमा ७ पीकेके लडाकुको ज्यान गएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ८ : ५२ बजे

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा