वार्षिक ८ करोड लिटर दूध बिक्री गर्दै डीडीसी, ग्रामिण क्षेत्रमा पहुँच पुर्‍याउने योजना | Khabarhub Khabarhub

वार्षिक ८ करोड लिटर दूध बिक्री गर्दै डीडीसी, ग्रामिण क्षेत्रमा पहुँच पुर्‍याउने योजना



काठमाडौं– सरकारको पूर्ण स्वामित्वमा रहेको दुग्ध विकास संस्था (डीडीसी)ले गत आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ४ करोड ८५ लाख नाफा कमाएको जनाएको छ । संस्था विगतका केही वर्ष घाटामा गएपनि ४ वर्षयता लगातार नाफामा गइरहेको छ ।

संस्थाले बुधवार ५१ औँ स्वर्णमहोत्सव मनाउँदै आर्थिक वर्ष २०७५/०७६ मा ५ करोड ४६ लाख ५२ हजार लिटर कच्चा दूध संकलन गरेको जानकारी दिएको हो । जसबाट २ अर्ब ७१ करोड ४९ लाख ३३ हजार रुपैयाँ कृषकलाइ भुक्तानी गरेको थियो ।

डीडीसीले चालु आर्थिक वर्ष चैत्र महिनासम्ममा ४ करोड २ लाख ३५ हजार लिटर कच्चा दूध संकलन गरेको छ । जसवापत कृषक भुक्तानी रकम रु २ अर्ब २ करोड ५८ लाख १४ हजार गरिएको छ ।

वार्षिक रुपमा ८ करोड लिटर दूध बिक्री गर्दै आइरहेको डीडीसीले ४६ जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ । १२ सय दूध उत्पादक सहकारी संस्था मार्फत करिब २ लाख किसानहरुको संलग्नतामा संस्थानले दूध संकलन गरिरहेको छ ।

भौतिक प्रगति विवरणः

संस्थानको भौतिक प्रगति विवरण हेर्दा आर्थिक वर्ष २०७४/७५ मा ५ करोड ४२ लाख २५ हजार ६ सय ४८ लिटर दूध उत्पादन गरेको छ । त्यस्तै ४ करोड ४३ लाख ९३ हजार १ सय २४ लिटर प्रशोधित दूध उत्पादन गरेको छ ।

यो अवधिमा संस्थानले १ लाख ९४ हजार ७ सय २० केजी चीज उत्पादन गरेको थियो । ७ लाख ७४ हजार केजी मख्खन उत्पादन गरेको थियो । धुलो दूध ७ लाख ९९ हजार १ सय १३ केजी उत्पादन गरेको थियो ।

आर्थिक वर्ष २०७५/७६ ज्येष्ठसम्ममा डीडीसीले स्थानीय कच्चा दूध, प्रशोधित दूध, चिज उत्पादन र मख्खन उत्पादन क्रमश, ४ करोड ६८ लाख १४ हजार ६ सय ७७, ३ करोड ६६ लाख ९० हजार ६ सय ३२, १ लाख ८५ हजार ६ सय २६, ७ लाख ६७ हजार ८ ससय ४२ र ९ लाख ७ हजार ९ सय ६३ केजी उत्पादन गरेको तथ्याङ्कमा उल्लेख छ ।

ग्रामीण अर्थतन्त्रमा दुग्ध व्यवसायको प्रवर्द्धन

संस्थानले उच्च हिमाली भेगका चौरी पालकहरुबाट उत्पादित दूधको व्यावसायिक विकास गरी याक चिज उत्पादन केन्द्रहरुको संचालन गरिरहेको छ । जसमा करिब २ लाख कृषक परिवारको संलग्नतामा १२०० दुग्ध उत्पादनक सहकारी संस्थाहरु मार्फत दैनिक २ लाख लिटरसम्म दूध खरिद गरी प्रतिदिन १ करोड रुपैयाँ ग्रामीण क्षेत्रमा प्रवाह गरिरहेको छ ।

पुनः निर्माणको अवस्था

वि.स. २००९ सालमा स्वीस सरकारको सहयोगबाट निर्मित लाङ्गटाङ्ग चिज उत्पादन कारखाना भूकम्पबाट क्षतिग्रस्त भएकोमा स्वीस सरकारकै सहयोगमा उक्त कारखानाको पुनर्निर्माण कार्य सम्पन्न भएको हो ।

रसुवा जिल्लाको चिमिले तातोपानी तथा थुमनमा नयाँ याक चिज उत्पादन गरी कारखाना स्थापना गरी उत्पादन कार्यको सुरुवात गरिएको छ ।

सुधारका लागि विविध योजना

संस्थानको सुधारका लागि विभिन्न कार्ययोजना ल्याएको बताउँदै संस्थानका महाप्रबन्धक शैलेन्द्रकुमार घिमिरेले ग्रामीण क्षेत्रका दूध उत्पादक कृषकहरुलाई दूधको उचित मुल्यका साथै निश्चित बजारको व्यवस्थापन गर्ने उद्देश्यका साथ विभिन्न योजना ल्याएको जानकारी दिए ।

उनले भने, ‘संस्थाले बुटवलमा ‘युएचटि प्लान्ट’ को स्थापना गर्दैछ, जसबाट नयाँ प्रविधिको विकास हुने र भविष्यमा प्रविधिको विस्तारबाट स्थानीय उद्योगको प्रवद्र्धन हुने, बहुराष्ट्रिय कम्पनीका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने, संकलित दूधको समुचित प्रयोग हुने र ‘मिल्क होलिड’ न्यूनीकरण हुने कुरामा डीडीसी विश्वस्त छ ।’

त्यस्तै काठमाडौं उपत्यकाको बढ्दो शहरीकरण तथा उच्च गुणस्तरीय दुग्ध पदार्थहरु माग बमोजिमको उत्पादन तथा बजारीकरण हुने उद्देश्यका साथ डीडीसीले खुमलटारमा मिल्क प्रोडक्सन कारखाना स्थापना गर्ने योजना अघि बढाएको छ ।

गण्डकी प्रदेशका दुग्ध उत्पादक कृषकहरुमा निश्चित बजारको पहँच हुने साथै संस्थानको व्यावसायिक कारोबार समेत हुने हुँदा पोखरामा मिल्क प्रोडक्सन कारखानाको स्थापना गरिने तयारी समेत गरेको छ ।

प्रदेश ५ र ७ मा उत्पादित हुने दुग्धको बजार विस्तारका लागि धनगढी तथा नेपालगञ्जमा मौजुदा कारखानाको क्षमता विस्तार गर्ने योजना संस्थानले सार्वजनिक गरेको छ ।

त्यस्तैगरी लुम्विनी दुग्ध वितरण आयोजनाको ढुवानी/स्टोरेज/आइसबैंकको क्षमता विस्तार, मध्यपहाडी तथा हुलाकी सडक क्षेत्रमा दूध संकलन विस्तार, सुर्खेतमा नयाँ प्रशोधन कारखानाको स्थापना, काठमाडौं दुग्ध वितरण आयोजनाको पुरानो मेशिनरिज रिप्लेसमेन्ट गर्ने आगामी कार्ययोजना रहेको डीडीसीले जनाएको छ ।

के छन् चुनौतीहरु ?

बजार विस्तार गरिरहेपनि केही चुनौतीका कारण आफूहरुलाइ अप्ठयारो परेको दुग्ध विकास संस्थानका अध्यक्ष सहदेव अर्यालले बताए । उनका अनुसार उत्पादनमा सिजनल भेरियसन हुँदा स्थानीय स्तरमा उत्पादित दूधबाट नियमित बजार व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ ।

पशुपालन तथा दुग्ध व्यवसायमा समयानुकूल मुल्य समायोजना नहुँदा व्यवसाय र युवाजनशक्तिको अभावन भइरहेको संस्थानले जनाएको छ । यी चुनौतीका अतिरिक्त नयाँ संकलन क्षेत्र विकासका लागि संस्थानसँग पर्याप्त पूजी अभाव हुनु र मेशिन पुरानो भएकाले नयाँ खरिदका लागि समस्या भइरहेको उनले बताए ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ७ : १९ बजे

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले