भारतको उत्तर प्रदेशमा जग्गाको विषयमा विवाद हुँदा ९ जनाको हत्या | Khabarhub Khabarhub

भारतको उत्तर प्रदेशमा जग्गाको विषयमा विवाद हुँदा ९ जनाको हत्या


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लखनउ– भारत उत्तर प्रदशेको सोनभद्र जिल्लामा जमिनका विषयमा विवाद हुँदा ९ जनाको हत्या भएको छ ।

सोनभद्र जिल्लाको उभवन गाउँमा जमिनको विषयमा गाउँका प्रधान र स्थानीय गाउँलेको पक्षबीच भएको विवादका क्रममा गाउँका प्रधान पक्षले ९ जनाको हत्या गरेको जनाइएको छ ।

मृत्यु हुनेमा ६ पुरुष र तीन महिला रहेको भारतीय सञ्चामाध्यमले जनाएका छन् । दुई पक्षबीच भएको भिडन्तका क्रममा गाउँका प्रधान पक्षले स्थानीयविरुद्ध जथाभावी गोली वर्षाएको जनाइएको छ ।

जवाफमा गाउँलेले लाठी र ढुङ्गामुढा प्रहार गरेका थिए । घटनामा २५ जना घाइते भएका छन् । दुई वर्षअघि गाउँका प्रधानले ९० बिघा जग्गा किनेको र प्रधानले दलबलसहित उक्त जग्गा कब्जा गर्न जाँदा गाउँलेहरुले विरोध जनाएपछि दुई पक्षबीच भिडन्त भएको जनाइएको छ ।

हाल सो क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ७ : ०७ बजे

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए