एक चार वर्षे बालक जो आफूलाई राजकुमारी डायनाको पुनर्जन्म लिएको दाबी गर्छन् | Khabarhub Khabarhub

एक चार वर्षे बालक जो आफूलाई राजकुमारी डायनाको पुनर्जन्म लिएको दाबी गर्छन्


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दन्त्य कथाहरुमा पुनर्जन्मका कहानी सुनिँदै आइएको हो । वास्तविक जीवनमा भने कसैको पुनर्जन्म भएको देखिएको छैन । तर, अष्ट्रेलियाका एक ४ वर्षे बालकले आफूले पूर्व बेलायती राजकुमारी डायनाको पुनर्जन्म लिएको बताउँदै आएका छन् ।

अष्ट्रेलियामा टेलिभिजन कार्यक्रम चलाउँदै आएका डेभिड क्याम्बेलका छोरा ४ वर्षे बिली क्याम्पबेलले आफू पूर्व बेलायती राजकुमारी डायनाको पूनर्जन्म लिएको बताउने गरेका हुन् । उनले विगत दुई वर्षदेखि डायनाबारे कुरा गरिरहेको उनका बाबु डेभिडले जनाएका छन् ।

डेभिडले स्टेलर म्यागजिनमा लेखेका छन्, ‘बिलीले दुई वर्षको उमेरमा एउटा तस्बीरलाई देखाउँदै भने, हेर्नुस् त, राजकुमारी हुँदा म यस्तो थिएँ ।’ तैपनि डायनातर्फ बिलीको आकर्षण यही नटुङ्गिएको डेसभडले लेखेका छन् । बिलीले राजकुमारी डायनाको सानो हुँदाका कुराहरु पनि बताउने गरेका छन् । उनले राजकुमार ह्यारी र विलियमलाई आफ्नै छोरा जसरी ‘केटाहरु’ भन्ने गरेका छन् ।

अझ अचम्मको कुरा त के छ भने बिलीले राजकुमारी डायनाका भाइ जोनको बारेमा पनि कुरा गर्दै आएका छन् । डायनाको भाइ जोन जन्मेको केही घण्टामै निधन भएको थियो ।

त्यस्तै, बिलीले रानीको क्रिसमसको निवास बाल्मोरलबारे पनि कुराहरु गर्दै आएका छन् । त्यसबाहेक राजकुमारी डायनाको कार दुर्घटनामा मृत्यु हुँदाको घटनाबारे पनि बिलीले भन्ने गरेका छन् ।

फ्रान्सको राजधानी पेरिसस्थित अल्माको सुरुङमा डायनाको कार दुर्घटनामा निधन भएको १८ वर्षपछि जन्मेका बिलीले डायनाबारे बताउने गरेको हरेक कुराहरु सही रहेको डेभिडले दाबी गर्दै आएका छन् । उनलाई डायनाबारे कसरी यी सबै कुरा थाहा भए भन्ने चाहीँ उत्सुकताकै विषय छ । चार वर्षे यी बालकमा केही न केही अद्भूत क्षमता भने रहेको बताइन्छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ५ : ५५ बजे

आजका समाचार : कतारका अमिर थानी नेपालमादेखि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटसम्म

कतारका अमिर थानी काठमाडौंमा कतारका अमिर शेख तमिम बिन हमाद

कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आज

कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको

बँदेलले टोक्दा सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको

‘कर्णालीमा नेपाली भाषा र साहित्यको पृष्ठभूमि र इतिहास छ’

सुर्खेत – लामो समयदेखि भाषा र साहित्यको अध्ययन गरेका विद्वानहरूले