सरुवा रोगको उपचार हुने सरकारी अस्पतालमै छैन कक्ष, नयाँ भवनमा प्रयोग नगर्दै पानी चुहियो | Khabarhub Khabarhub

सरुवा रोगको उपचार हुने सरकारी अस्पतालमै छैन कक्ष, नयाँ भवनमा प्रयोग नगर्दै पानी चुहियो


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २००५ मा नेपालमा बर्डफ्लु पहिलो पटक भेटिएको थियो । त्यसपछि नेपालमा बर्डफ्लुको संक्रमण भएका बिरामीको उपचारका लागि नेपाली अस्पतालमा विशेष प्रकारको उपचार कक्ष (आइसोलेसन) वार्ड आवश्यक छ भन्ने बहस शुरु भयो ।

उक्त बहसपछि सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसन वार्ड निर्माण गर्ने तयारी गर्‍यो ।

सरुवा रोगको उपचार हुने एकमात्र केन्द्रिय अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सन् २००८ मा आइसोलेसन वार्ड पनि निर्माण भयो ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा छिट्टै सर्न सक्ने गम्भिर प्रकृतिका सरुवा रोगका बिरामीको उपचार गर्ने उदेश्यले सन् २००८ शुक्रराज अस्पतालमा ८ शय्याको आइसोलेसन वार्ड बनाइएको थियो ।

तर निर्माण सम्पन्न भएको ११ वर्षसम्म पनि आइसोलेसन कक्ष भने सञ्चालनमा आएको छैन ।

झन्डै ३ करोड लागतमा निर्माण भएको आइसोलेसन कक्ष पुनः मर्मत गरेर मात्रै सञ्चालन गर्न सकिने अवस्थामा पुगेको अस्पतालका निर्देशक डाक्टर वासुदेव पाण्डेले बताए ।

आइसोलेसन वार्ड निर्माण भएको ११ वर्षसम्म पनि सञ्चालन नहुँदा वार्डभित्र जडान गरीएका कतिपय उपकरणहरु विग्रिएको निर्देशक पाण्डेको भनाइ छ ।

‘आइसोलेसन वार्ड बनाइसकेको छ तर अर्को अस्पतालको भवनसँगै जोडिएको छ, भित्र पानी चुहिएर केही सामानहरु विग्रिएको छ,’ निर्देशक डा पाण्डेले खबरहबसँग भने, ‘बिरामी लैजाने र्‍याम्प नै बनाइएको छैन, हेपापिल्टर (हावा फिल्टर गर्ने यन्त्र)हरुको मर्मत गर्नुपर्ने अवस्था छ ।’

आइसोलेसन वार्ड सञ्चालन नै नभइ उपकरणहरु विग्रिएपछि सरकारले वार्ड सञ्चालनका लागि पुनःमर्मत गर्न प्रक्रिया अघि बढाएको छ ।
आइसोलेसन वर्डामा भएका त्रुटी र विग्रिएका उपकरणको मूल्यांकन गर्न विश्व स्वास्थ्य संगठनका प्राविधिक ल्याउन लागेको निर्देशक डा पाण्डेलले जानकारी दिए ।

‘आइसोलेसन वार्डभित्र पानी चुहिएको अवस्था थियो, वास्तवमा आइसोलेसन वार्ड कस्तो अवस्थामा छ मलाई पनि थाहा छैन, त्यसैले हामीले विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको अन्तराष्ट्रिय कन्सलटेन्ट ल्याउँदै छौं,’ निर्देशक डा पाण्डेले भने, ‘ हाम्रै नेपालमा हुनुभएका कन्सलटेन्टको टिमले पनि हेर्छ, हामीले आइसोलेसन वार्ड सञ्चालनका लागि गम्भिर भएर प्रक्रिया अघि बढाएका छौं ।’

निर्देशक डा पाण्डेका अनुसार आइसोलेसन वार्ड सञ्चालनका लागि अझै एक करोड बजेक आवश्यक छ ।

अस्पतालमा बिरामीको संख्या घट्दै

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सरुवा रोगको उपचार हुने एकमात्रै सरकारी र केन्द्रिय अस्पताल हो ।

रेवीज, झाडापखाला, रुघाखोकी जस्ता सामान्य रोगदेखि ठेउला, क्षयरोग, इन्फ्लुएन्जा, लहरेखोकी, भ्यागुलेरोग, दादुरा जिका भाइरस लगायका रोगका गम्भिर प्रकृतिका बिरामीको रेफरल सेन्टर हो शुक्रराज अस्पताल ।

तर अस्पतालमा आइसोलेसन वार्ड सञ्चालन नभएका कारण गम्भिर प्रकृतिका सरुवारोगका बिरामीलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको छ ।

गर्मीको समयमा सरुवा रोगको संक्रमण बढी हुने भएपनि शुक्रराज अस्पतालमा भने विरामीको संख्या कम हुँदै गएको छ ।

एक सय शय्या रहेको शुक्रराज अस्पतालमा हाल ४० शय्यामा मात्रै बिरामी छन् । गर्मीको समयमा बिरामीको चाप हुनुपर्ने अवस्थामा ६० शय्या खाली रहेको छ ।

‘गर्मीको समयमा सरुवा रोगका बिरामी बढ्छन्, तर हाम्रो अस्पतालमा बिरामीको संख्या गर्मीमा पनि न्यून छ,’ स्रोतले खबरहबसँग भन्यो, ‘अस्पताललाई दिर्घकालिन योजना बनाएर सेवा विस्तार नगर्दा बिरामीको आकर्षण सरकारीमा कम निजीमा बढी हुँदै गएको छ ।’

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ४ : ०४ बजे

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका

शिक्षामन्त्री सुमनाले बूढानीलकण्ठको सूचना सुनाएपछि…

काठमाडौं- शिक्षामन्त्रीको जिम्मेवारीमा जनताले युवा एवं उर्जाशील व्यक्तिलाई पाएका छन्

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार