प्यान नम्बर लिनुभयो ? छैन भने तलब नपाउनुहोला, यसरी लिनुस् | Khabarhub Khabarhub

प्यान नम्बर लिनुभयो ? छैन भने तलब नपाउनुहोला, यसरी लिनुस्


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले १ साउन अर्थात् आजदेखि कर्मचारीको तलब भत्ता वितरणमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ ।

यदी तपाईंसँग प्यान नम्बर छैन भने तपाईंको तलब रोकिने छ । सरकारले साउनदेखि स्थायी लेखा नम्बरबाहक बाहेक अन्यलाई दिइने तलब तथा ज्यालाको भुक्तानीलाई खर्चमा लेखाउन नपाउने व्यस्था गरेसँगै प्यान नम्बर नभइ कर्मचारीको तलब खुवाउन कम्पनीहरुलाई समेत समस्या पर्ने छ ।

२०७६ साल जेठ १५ गते प्रस्तुत आगामी वर्षको आर्थिक विधेयक, २०७६ मा आयकर ऐन, २०५८ लाई संशोधन गरी व्यक्तिगत स्थायी लेखा नम्बर नलिएका जोसुकैले लिने तलबभत्ता तथा ज्याला खर्चलाई खर्च अमान्य हुनेछ भनिएको छ ।

गत आर्थिक वर्षहरूमा पनि कर्मचारी तथा कामदारहरूले व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था भए पनि व्यवसायको खर्च कट्टी गर्न नपाउने भन्ने व्यवहारमा प्रयोग भएको थिएन । तर, २०७६ साउनदेखि कुनै पनि काम/सेवा गरी तलबभत्ता, ज्याला लिने सम्पूर्णले व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्छ ।

हाल काम गरिरहेका तथा नयाँ नियुक्ति लिन जानेले नेपाली नागरिकताको प्रमाणपत्र र व्यक्तिगत स्थायी लेखा नम्बर प्रतिलिपि पेस गरेपछि मात्र काम गर्न योग्य मानिनेछ अर्थात् निजलाई दिइएको तलबभत्ता, ज्यालालाई खर्चका रूपमा मान्य गरिने कुरा आर्थिक विधेयक, २०७६ मा उल्लेख छ ।

सम्पूर्ण सरकारी, अर्धसरकारी तथा प्रचलित कानुनबमोजिमका पब्लिक तथा प्राइभेट कम्पनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, एकलौटी तथा साझेदारी फर्म एवं विद्यालय तथा विश्वविद्यायलमा कार्यरत सबैले व्यक्तिगत स्थायी लेखा नम्बर लिएपछि मात्र तलबभत्ता ज्याला, खान योग्य हुने कुरा आर्थिक ऐनमा उल्लेख छ ।

कार्यालयमा वा निर्माण कम्पनीमा काम तथा सेवा गर्ने व्यक्तिले पाउने तलबभत्ता, ज्याला, पारिश्रमिक दिँदा सम्बन्धित व्यवसायले नै नियमानुसार अग्रिम कर कट्टी गरी भुक्तानी दिने हुँदा व्यक्तिगत स्थायी लेखा नम्बर व्यक्तिले वार्षिक रूपमा आन्तरिक राजस्व कार्यालयमा आयविवरण बुझाउनु पर्दैन ।

तर, एक जना व्यक्तिले दुई वा सोभन्दा बढी स्थानमा काम गर्ने र सोबापत प्राप्त हुने वार्षिक कुल आम्दानी पारिवारिक रूपमा रु. ४ लाख ५० हजार र एकल रूपमा रु. ४ लाखभन्दा बढी हुन्छ भने सो व्यक्तिले आयकर ऐनको कर लाग्ने मापदण्डअनुसार सो रकमको १ प्रतिशत, थप १ लाखमा १० प्रतिशत, थप २ लाखमा २० प्रतिशत तथा रु. २० लाखसम्मको अन्तरको ३० प्रतिशतका दरले आयकर राजस्व खातामा रकम ऐनले तोकेको समयभित्र दाखिला गर्नुपर्छ ।

दुई वा सोभन्दा बढी स्थानमा काम गर्ने व्यक्ति व्यावसायिक मानिने हुँदा निजले व्यावसायिक स्थायी लेखा नम्बर लिई वार्षिक रूपमा असोज मसान्तभित्र सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा आयविवरण बुझाउनुपर्छ ।

कसरी लिने प्यान नम्बर ?

व्यक्तिगत स्थायी लेखा नम्बर लिन झन्झटिलो छैन । तपाईं आफ्नो नागरिकता प्रमाणपत्र र एक प्रति फोटो लिई नजिकको आन्तरिक राजस्व कार्यालय/करदाता सेवा कार्यालयमा जानुभयो भने आधा घण्टाभित्र व्यक्तिगत स्थायी लेखा नम्बर पाउनुहुनेछ ।

विदेशीको हकमा भने सम्बन्धित देशको राजदूतावासको सिफारिस पत्र र निजको त्यहाँको नागरिक भनी खुलेको कागजातका आधारमा व्यक्तिगत स्थायी लेखा नम्बर प्राप्त गर्न सकिन्छ ।

व्यक्तिगत स्थायी लेखा नम्बर लिन कुनै शुल्क, दस्तुर राजस्व लाग्दैन । सबैलाई आयकरको दायराभित्र ल्याउन सकेसम्म राजस्व संकलनलाई वृद्धि गर्न सरकारले व्यक्तिगत स्थायी लेखा नम्बर अनिवार्य गरेको बुझ्न सकिन्छ ।

प्यान कसरी जारी गरिन्छ ?

व्यक्तिगत र व्यवसायीक प्यानका लागि आन्तरिक राजस्व विभागको वेबसाइट www.ird.gov.np मा गई त्यहां उपलब्ध फाराम प्यान पाउनका लागि गरिने दरखास्त फाराम अनलाईनको माध्यमबाट भरी त्यस्को प्रिन्ट लिएर  वा आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरुमा प्राप्त हुने दरखास्त फाराम पूर्ण रुपमा भरी सो साथ आवश्यक पर्ने कागजातहरु समेत संलग्न गरी आन्तरिक राजस्व विभाग
मातहतका सम्बन्धित कार्यालयहरुमा दरखास्त गर्न सकिन्छ ।

यसरी दरखास्त प्राप्त भएपछि आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरुले जांचबुझ गरी कम्प्यूटर प्रणालीबाट प्यान जारी गर्दछन । सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट आवेदकलाई उक्त प्यान को प्रमाणपत्र प्रदान गरिन्छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  १२ : ५१ बजे

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ