महर्षि वात्स्यायनका अनुसार नारीका चार रुप | Khabarhub Khabarhub

महर्षि वात्स्यायनका अनुसार नारीका चार रुप


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महर्षि वात्स्यायनद्वारा लिखित तथ विश्व प्रसिद्द् प्राचीन ग्रन्थ हो–कामसूत्र । सात भाग (अधिकरण),३६ अध्याय, ६४ प्रकरणमा बाडिएको यो ग्रन्थ स्त्री र पुरुष दुवैले समान रूपमा अध्ययन र मनन गर्नु पर्ने बताइएको छ ।

स्त्री पुरुषको सम्बन्ध र रतिरागका विषयमा विवेचना गरिएको यस ग्रन्थको प्रभाव भारतीय कला, शिल्पकला एवं साहित्यमा पनि देखिन्छ। महर्षि वात्सायनले आफ्नो कृति कामसूत्रमा नारीलाई चार प्रकारमा वर्गीकरण गरेका छन्, ती हुन्–

पद्मिनी– यस वर्गका स्त्रीको शरीर न धेरै अग्लो न धेरै होचो अर्थात् ठिक्कको हुन्छ। स्त्रीमध्ये यी सर्वश्रेष्ठ वर्गमा पर्छन्। यिनका आँखा हरिणका जस्ता, तिलको फूलजस्तो सलक्क परेको स–साना पोहरा भएका नाक हुन्छन्। मुहार पूर्णिमाको चन्द्रमाको जस्तो चम्किलो र बोली विनम्र हुन्छ।

केशराशि कालो र चिल्लो हुन्छ अनि शरीरबाट कमलको सुगन्ध आउँछ। यिनको कम्मर सिंहको जस्तो खिरिलो, कमलको फूलको नालजस्ता पातला लामा औँला भएका, झन्डै घुँडासम्म छोइने सिलिक्क परेको हात । गुलाफी ओठ, धनुषजस्तो आँखीभौँ अनि राजहंशजस्तो लचकदार चाल हुन्छन् ।

चित्रिणीः यस वर्गमा पर्ने नारीका सबै अङ्ग सुन्दर हुन्छन् । यिनको उचाइ, मोटाइ, स्तर, केशराशि र नाक–नक्सा पनि पद्मिनी वर्गकै स्त्रीको जस्तो हुन्छ। तर, यिनका आँखा ठूला र मादकतापूर्ण हुन्छन्। शरीरको रङ सुनझैँ पहेँला, मोटा तिघ्रा र छरितो शरीर हुन्छ। यिनको शरीरबाट महको सुगन्ध आउँछ।

शङ्खिनी– यस वर्गका स्त्री पनि पद्मिनी वर्गका जस्तै मृगनयनी हुन्छन्। तर, आँखा पद्मिनीभन्दा केही ठूला र हेर्दा शीतल दिने खालका हुन्छन्। यिनका वक्ष कठोर र ठूला हुन्छन्। अनि, शरीरबाट खरानीको गन्ध आउँछ। यिनको घाँटीमा तीनवटा रेखा हुन्छन्। यी मृदुभाषी र निर्भयी हुन्छन्।

हस्तिनी– यी शारीरकि रूपमा मोटा र अग्ला हुन्छन्। रक्तिम आँखा भएका, केशराशि ठाडा, खस्रा, मोटा, कैला र हाँगा फाटेका हुन्छन्। यिनको नाकको पोहरा ठूल्ठूला मोटा, काँध साना र मोटा हुन्छन् भने यिनको शरीरबाट मदिराको गन्ध आउँछ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ६ : ४१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन