कर्मचारी आन्दोलित भएपछि हायात होटल बन्द, मुख्य समस्या के ? | Khabarhub Khabarhub

कर्मचारी आन्दोलित भएपछि हायात होटल बन्द, मुख्य समस्या के ?


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँचतारे हायात होटलका कर्मचारीले विभिन्न माग राख्दै आन्दोलित भएका छन् । गत बिहीबारदेखि कर्मचारी हड्तालमा उत्रिएपछि होटलको सेवा ठप्प भएको छ । अन्दोलनमा उत्रिएका कर्मचारीले तलब पाएपनि होटल व्यवस्थापनले बिदालगायत अन्य सेवासुविधा कटौती गरेको भन्दै आन्दोलनमा उत्रिएको जनाएका छन् ।

विगतमा भएका श्रम ऐन वा ट्रेड युनियनसँगको सम्झौताअनुसार कर्मचारीलाई सेवासुविधा उपलब्ध गराउन व्यवस्थापनले आनाकानी गरेकाले आन्दोलनमा उत्रिन बाध्य भएको अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघका केन्द्रीय महासचिव अध्यक्ष मुक्ति दाहालले बताए ।

श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार कर्मचारीलाई विभिन्न सेवासुविधा उपलब्ध गराउन होटलले आनाकानी गरिरहेको आधिकारिक ट्रेड युनियनका नेताहरुले आरोप लगाउदै आएका छन् । गत बैशाख महिनामा होटल सञ्चालक र ट्रेड युनियनबीच कर्मचारीको समस्याबारे छलफल पनि भएको थियो । छलफलमा कर्मचारीका समस्या समाधान गर्र्न होटल सञ्चालकले आश्वासन दिएपनि बेवास्ता गरेपछि आन्दोलनमा उत्रिएको कर्मचारीहरुले जानकारी दिए ।

होटलले नेपाली श्रमिकलाई भन्दा विदेशी कामदारलाई प्राथमिकतामा राखेर भेदभाव गरिरहेको अध्यक्ष दाहालले बताए । उनले भने, ‘नेपाली श्रमिकहरुलाई नै कामको अभाव भइरहेको बेला हयात होटलले भने विदेशी कामदार ल्याएर नेपाली कामदारलाई प्रतिस्थापन गर्न खोजी रहेको छ । नेपाली श्रमिक चाहिँ खान नपाएर काम गर्न आए जस्तो व्यवहार गर्दै आएको छ । विदेशी कामदारलाई भने मोटो रकम खर्च गरेर सुविधा पनि राम्रो दिएर राख्ने गरेको छ ।’

कर्मचारीका मुख्य माग

गत वर्ष सामान्य समस्या देखिएपनि हयात होटलमा काम गर्ने मजदुर, होटलको व्यवस्थापन, आधिकारिक ट्रेड युनियनले रोजगारदाता (होटल हायात, श्रमिक र ट्रेड युनियन) बीच त्रिपक्षीय सम्झौता भएको थियो । उक्त सम्झौता कार्यन्वयन गर्न होटल सञ्चालकले आनाकानी गर्दै आएको आन्दोलित कर्मचारीको भनाइ छ । होटलमा काम गर्ने कर्मचारीलाई बिरामी बिदा ४५ दिन, महिला कामदारका हकमा सुत्केरी बिदा ३ महिना, कर्मचारीलाई ६ महिनामा तलब सुविधा हेरफेर गर्ने, ९ प्रतिशत वार्षिक तलब वृद्धिदरलाई बढाई १५ प्रतिशत पुर्‍याउनुपर्ने, ५ वर्ष वा सोभन्दा बढी एउटै पदमा काम गरेका कर्मचारीको स्वत बढुवा गर्नुपर्ने र सेवाअवधी हेरी बढुवा गर्ने सहमति भएको थियो । यो सहमति कार्यान्वयमा पटक–पटक ध्यानाकर्ष गराउँदा पनि होटल सञ्चालकले ध्यान नदिएको कर्मचारीहरु बताउँछन् ।

पाँचतारे होटलको छबि बिर्गान आन्दोलनको आरोप

हायात होटल व्यवस्थापनले भने नेपाल सरकारले श्रम ऐनमा व्यवस्था गरेभन्दा राम्रो तलब र अन्य सुविधा दिएको बताएको छ । होटल सञ्चालकले कर्मचारीले आन्दोलन गरेर व्यापार तथा एउटा पाँचतारे होटलको प्रतिष्ठा बिर्गान खोजेको आरोप लगाएको छ । सरकारले निर्धारण गरेभन्दा राम्रो सेवा सुविधा दिएर नै कर्मचारीलाई काम लगाएको होटलका एचआर को-अर्डिनेटर सुरेश केसीले खबरहबलाई बताए ।

‘आधिकारिक ट्रेड युनियनले आन्दोलन स्थगित गरेर छलफलबाट समस्या समाधान गर्न नखोजे होटलले बाध्य भएर विकल्प खोज्ने अवस्था आउँछ । पाँचतारे होटलमा आन्दोलन भइरहे विदेशी पर्यटकलाई असर पुग्छ । यो विषयमा आन्दोलनमा उत्रिएका कर्मचारीले विचार गर्नुपर्छ ।’ एचआर केसीले भने, ‘आन्दोलन स्थगित गरेर काममा नफर्किए बाध्य भएर होटलले आन्दोलनमा उत्रिएका कर्मचारीलाई कारवाही गर्न सक्छ ।’

होटल सञ्चालकलाई अप्ठ्यारो पर्ने खालका माग सम्बोधन गर्न नसकिने उनको भनाइ छ । होटलको नजरमा सबै कर्मचारी र श्रमिक समान भएको बताउँदै उनले आन्दोलनमा उत्रिएका कर्मचारीले आरोप लगाए जस्तो कसैमाथि भेदभाव नभएको दावी गरे ।

माग र आवश्यकताअनुसार विदेशी श्रमिक आपूर्ति गरेर काम लगाउन र नेपाली श्रमिकलाई दिए जस्तै विदेशी कामदारलाई पनि सेवा सुविधा दिने गरेको एचआर केसीको भनाइ छ । कर्मचारीहरु व्यक्तिगत कारणले आन्दोलनमा उत्रिएको होटल व्यवस्थापनको आरोप छ । होटलमा अनियमिता गर्ने र अनुपस्थित हुने कर्मचारीलाई स्पष्टिकरण माग्दा कर्मचारीले उल्टै हड्ताल गरेर आन्दोलनमा उत्रिएको होटल व्यवस्थापनको तर्क छ । पछिल्लो समय सामान्य विषयमा विवाद हुँदा पनि कर्मचारी आन्दोलनमा उत्रिने गरेका छन् ।

कर्मचारीका आन्दोलनका कारण अन्तर्राष्ट्रिय बुकिङ नै बन्द गरेको होटलले जानकारी दिएको छ । कर्मचारीको आन्दोलनका कारण होटलमा बस्दै आएका विदेशी पर्यटकलाई असुविधा भएपछि अन्य होटलमा बस्ने व्यवस्था मिलाउन सुरु गरिएको होटल व्यवस्थापनले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ८ : ०४ बजे

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन