पोग्वा म्यान्चेस्टर युनाइटेड छाड्ने सोचमा पुगेका हुन् ? | Khabarhub Khabarhub

पोग्वा म्यान्चेस्टर युनाइटेड छाड्ने सोचमा पुगेका हुन् ?


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

व्यवसायिक भ्रमणका क्रममा जापान पुगेका म्यान्चेस्टर युनाइटेडका स्टार खेलाडी पाउल पोग्वाले नायाँ चुनौति मोल्ने समय आएको बताएका छन् । उनको यस्तो अभिव्यक्तिलाई पोग्वाले युनाइटेड छाड्ने संकेतका रुपमा हेरिएको छ ।

त्यसो त हरेक सिजनमा उनलाई स्पेनिस महारथी रियल मड्रिडसँग जोडेर हेर्ने गरिएको छ । जहाँ जिनेदिन जिदानले टिमको नेतृत्व गरीरहेका छन् र उनले पोग्वालाई क्लबमा लिन सक्ने चर्चा पनि चल्दै आएको छ ।

‘यो सिजनपछि सबै कुरा जे–जे भयो त्यो मेरा लागि सबैभन्दा राम्रो बन्यो । मलाई लाग्छ मेरा लागि यो समय ठीक छ । जहाँ भए पनि नयाँ चुनौतिका लागि यो समय ठीक छ,’ पोग्वाले भने, ‘जहाँ भए पनि चुनौति मोल्नेबारे सोचिरहेको छु ।’

पोग्वाले तीन वर्षको अवधिमा युनाइटेडमा रहँदा केही राम्रा क्षण रहे भने केही नमिठा क्षणको सामना गर्नु परेको भन्दै क्लब छाड्ने संकेत गरेका छन् ।

युनाइटेडले गएको सिजनमा इङ्ग्लिस प्रिमियर लिगमा शीर्ष ६ मा स्थान बनाउँदै सिजनको अन्त्य गरेको थियो । त्यो क्रममा पोग्वा र क्लबबीच असमझदारी रहेको पनि सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ६ : १४ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ