हङकङमा जारी आन्दोलनलाई निरन्तरता दिइने घोषणा | Khabarhub Khabarhub

हङकङमा जारी आन्दोलनलाई निरन्तरता दिइने घोषणा


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् २०१४ मा भएको छाता आन्दोलनको नेतृत्व गरेका हङकङका राजनीतिक अभियानकर्मी जोशुवा वङ मुक्त भएसँगै उनले हाल विवादास्पद सुपुर्दगी कानूनको विरोधमा भएको आन्दोलनमा साथ दिने घोषणा गरेका छन् ।
सन् २०१४ मा लोकतन्त्रको समर्थनमा भएको छाता आन्दोलनको नेतृत्व गरेका २२ वर्षे युवा नेता वङ अदालतको मानहानी गरेको अभियोगमा ५ साताको कारावास सजाय भोगेर सोमबार मुक्त भएका हुन् । उनलाई स्वागत गर्न सयौं मानिसहरु सहभागी थिए ।

जेलबाट मुक्त भएपछि वङले हङकङकी प्रमुख कार्यकारी क्यारी लामको राजीनामा तथा विवादास्पद सुपुर्दगी विधेयक पूर्ण रुपमा फिर्ता हुनुपर्ने विषयमा जारी अभियानमा सहभायी हुने घोषणा गरेका हुन् ।

यसैसाता सुपुर्दगी विधेयकको विरोधमा भएको प्रदर्शनपछि शनिबार चीनसमर्थित प्रमुख कार्यकारी लामले उक्त विधेयक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको घोषणा गरेकी थिइन् ।

प्रदर्शनकारीले उक्त विधेयकलाई पूर्ण रुपमा नै फिर्ता लिनुपर्ने तथा प्रमुख कार्यकारी लामले राजीनामा दिनुपर्ने भन्दै आइतबार प्रदर्शनलाई निरन्तरता दिएका थिए । आइतबारको प्रदर्शनपछि प्रमुख कार्यकारी लामले पुनः माफी मागेकी थिइन् ।

यद्यपि माफी मागेर सार्वजनिक गरिएको उनको विज्ञप्तिमा राजीनामा वा विधेयकलाई पूर्ण रुपमा फिर्ता हुनुपर्ने विपक्षीको मागबारे केही उल्लेख थिएन ।

नयाँ सुपुर्दगी कानून लागू भएमा त्यसले हङकङवासीको मानवअधिकार तथा स्वतन्त्रतामाथि हनन् हुने भन्दै अघिल्लो साता आयोजना गरिएको विशाल प्रदर्शन हिंसात्मक बन्दा एकको ज्यान गएको थियो भने अन्य ७० जनाभन्दा धेरै घाइते भएका थिए ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ३ : ३१ बजे

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ