आगामी महाधिवेशन पछि कांग्रेस बीपीको मार्गचित्रमा अगाडि बढ्छ : महामन्त्री कोइराला | Khabarhub Khabarhub

आगामी महाधिवेशन पछि कांग्रेस बीपीको मार्गचित्रमा अगाडि बढ्छ : महामन्त्री कोइराला


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी महाधिवेशन पछि आफ्नो पार्टी बीपीको मार्गचित्र अनुसार अगाढि बड्ने बताएका छन् ।

कांग्रेसलाई बीपी कोइरालाको मागचित्रअनुसार अघि बढाउन आफू लागिपर्ने उल्लेख गर्दै कोइरालाले भने, ‘आगामी महाधिवेशनपछि कांग्रेस बीपी कोइरालाको मार्गचित्रअनुसार अघि बढ्छ ।’

डा. कोइरालाले प्रदेश र स्थानीय तहमा ३० प्रतिशत बजेट पनि विनियोजन नगरेकोमा संघीय सरकारप्रति आपत्ति जनाए ।

कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार बलियो भए पनि अठोटका साथ कुनै पनि काम गर्न नसकेको कोइरालाको भनाइ छ ।

प्राध्यापक हरिशरण उपाध्यायद्वारा लिखित पुस्तक ‘श्री–जी’ को सोमबार काठमाडौंमा बिमोचन गर्दै डा. कोइरालाले कांग्रेसले समृद्धिका लागि आधार तयार पारे पनि वर्तमान सरकारले त्यसलाई अघि बढाउन नसकेको पनि बताए ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ३ : २१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०