लोकसेवाको अनलाइनमा समस्या, आक्रोशित परीक्षार्थीबाट आयोग कार्यालय घेराउ | Khabarhub Khabarhub

लोकसेवाको अनलाइनमा समस्या, आक्रोशित परीक्षार्थीबाट आयोग कार्यालय घेराउ


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लोकसेवा आयोगले स्थानीय तहका लागि पदपूर्ति गर्न आह्वान गरेको दरखास्तको अनलाइन फारम भर्न समस्या भएपछि आवेदन दिन चाहने परीक्षार्थीले आयोग कार्यालय अनामनगर घेराउ गरेका छन् । आयोगले स्थानीय तहमा रिक्त दरबन्दी पदपूर्तिका लागि खुला गरेको विज्ञापनका लागि अनलाइन फारम भर्न खोज्दा सर्भरको समस्याले आवेदन दिन नपाएका पीडित परीक्षार्थीले अनलाइन सेवा सहज बनाउन माग गर्दै धर्ना दिएका हुन् । अनलाइन सुविधा अवरुद्ध हुँदा लाखौँ परीक्षार्थी दरखास्त दिनबाट बञ्चित भएका छन् ।

गएको जेठ १५ गते आयोगले खोलेको विज्ञापनको अनलाइन दरखास्त दिने अन्तिम मिति असार ३ गते (भोलि) सकिँदैछ । आवेदन दिने मिति सकिनै लाग्दा केही दिन यतादेखि सर्भरमा समस्या देखिँदै आएको थियो । यद्यपि गएरातिबाट भने अनलाइन फारम भर्ने प्रणाली नै नखुलेको र खुले पनि भर्नै नसकिने गरी सर्भरमा समस्या देखिएको पीडितहरुको गुनासो छ ।

अनलाइन फारम भर्नलाई रातभर प्रयास गर्दा पनि सफल नभएको आयोगको परीक्षाका लागि तयारी गरिरहेकी मोरङकी एकु निङलेकुले बताइन् । पुतलीसडकस्थित एक इन्स्टिच्युटमा आयोगको परीक्षाको तयारी कक्षा लिँदै गरेकी उनले भनिन्, ‘साइबरहरुमा फारम भर्नेको त्यतिकै भीड छ, आफै भरौँ भने अनलाइन फारम भर्ने प्रक्रियामै समस्या देखाउँछ । भोलि अन्तिम मिति, कसो गर्ने के गर्ने विकल्प नै थाहा भएन ।’

अनलाइन फारम भर्नका लागि राजधानीलगायत मुख्य शहरका साइबर केन्द्रहरुमा परीक्षार्थीको चाप अन्यधिक देखिन्छ । आज र भोलि मात्र अन्तिम मिति रहेकाले अनलाइन फारम भर्न नपाएकाले पीडित परीक्षार्थीले अनलाइन प्रणाली सहज बनाउन दबाब दिएका छन् । नभए त्यसको विकल्प आयोगले दिनु पर्ने उनीहरुको माग छ । यता घेराउ गर्न पुगेका परीक्षार्थीलाई आयोग कार्यालयले लिखित दरखास्त लिने व्यवस्था नभएको भन्दै अनलाइनमार्फत नै आवेदन दिनु पर्ने जवाफ दिएको उनीहरुले बताए ।

परीक्षार्थीहरुले आयोगले आफ्नो सर्भर क्षमतालाई नबढाएको र दरखास्त दिन बाँकी रहेकाहरुलाई परीक्षा दिन बन्देज लगाउने खोजेको आरोप लगाएका छन् ।

आयोगको वेबसाइट www.psc.gov.np मा क्लिक गर्दा मुख्य साइड खुले पनि अनलाइन दरखास्त दिने psconline.psc.gov.np  खुल्न निक्कै समस्या हुने गरेको छ । अनलाइन दरखास्त भर्ने साइडको पेज खुले पनि व्यक्तिगत विवरण भर्ने अनलाइन फारम प्रणालीमा गएपछि भने सर्भरमा समस्या देखिने गरेको छ । यस विषयमा आयोगका कार्यालयसँग बुझ्न खोज्दा कुनै पनि अधिकारी सम्पर्कमा आउन चाहेनन् ।

आयोगमा हिजोसम्म एक लाखभन्दा बढीले अनलाइन फारम भरिसकेका छन् । आयोगले दोब्बर दस्तुर तिरेर भने असार १० गतेसम्म दरखास्त दिन सकिने जनाएको छ । आयोगले देशभरका ५१५ स्थानीय तहका लागि ९ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  १ : १९ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६