काठमाडौंमा साढे ३३ डिग्री पुगेको तापक्रम अझै कति बढ्छ ? | Khabarhub Khabarhub

काठमाडौंमा साढे ३३ डिग्री पुगेको तापक्रम अझै कति बढ्छ ?


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक सातायता काठमाडौंको तापक्रम अत्याधिक रुपमा बढेको छ । लगातार बढेको तापक्रमले काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन समेत प्रभावित बन्दै गएको छ ।

तराईका साथै पहाडी जिल्लामा समेत तापक्रम बढेका कारण जनजिवन प्रभावित भएको हो । तराईका कतिपय स्थानमा विद्यालय बन्द गरिएका छन् ।  अत्याधिक गर्मी बढेका कारण विद्यार्थी विद्यालय जान सक्ने अवस्था नभएपछि विद्यालय बन्द गरिएका हुन् ।

काठमाडौँमा गत शुक्रबार यस वर्षकै सबैभन्दा बढी तापक्रम मापन गरिएको थियो । शुक्रबार काठमाडौँमा ३३.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । शनिबार नेपालगञ्जमा अधिकतम तापक्रम ४३ डिग्री पुगेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभरको तापक्रम अब भने नबढ्ने जनाएको छ ।

आइबार दिउँसोदेखि स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव बढ्ने भएकाले थप गर्मी भने नबढ्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान छ । साेमबार काठमाडौंको तापक्रम ३० डिग्री सेल्सियसको आसपास रहेको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ११ : २३ बजे

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले