किसानले रोपाइँ शुरु गर्दा कुश्मा बजारमा खानेपानीको चरम अभाव | Khabarhub Khabarhub

किसानले रोपाइँ शुरु गर्दा कुश्मा बजारमा खानेपानीको चरम अभाव


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुश्मा–  बढ्दो गर्मीसँगै पानीका मुहान सुक्दै जानु र मुहान क्षेत्रका किसानले रोपाइँ शुरु गरेपछि पर्वत सदरमुकाम कुश्मा बजारमा खानेपानीको चरम अभाव भएको छ ।

कुश्मा बजारमा आयात हुने पानीको मुहान क्षेत्रमा रोपाइँ हुने क्रम बढेका कारण पनि सहज रुपमा पानी आपूर्ति हुन सकेको छैन ।

कुश्मा बजारका स्थानीयलाई पिउने पानीको समेत समस्या भएको छ । बजारबासी विहानैदेखि पानीका खोजीमा आसपासका इनार, खोल्सा र खोलामा धाउन बाध्य छन् ।

कुश्मा नगरपालिका–५ बडागाउँको मेलमिलाप चोकमा बस्दै आउनुभएका शिक्षक दुर्गा भुसालले पानीको अभावकै कारण पोशाक धुन नपाउँदा विद्यालय जान नै समस्या भएको बताए ।

अर्का स्थानीयवासी शालिग्राम पौडेलले धारामा नियमित पानी नआउँदा खानेपानीको सङ्कट परेको सुनाए । दैनिकजसो जार र बोत्तलको पानी किनेर खानुपरेको पौडेलको भनाइ छ ।

पानीको अभावकै कारण भाँडा सफा गर्न नपाउँदा होटल नै बन्द गर्नुपर्ने स्थिति आएको होटल सञ्चालक सुशीला कुँवरले बताइन् ।

कुश्मा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाका उपाध्यक्ष रमाकान्त शर्माले अत्यधिक गर्मी हुँदा पानीका मुहान सुकेको बताए । साथै पानीको मुख्य मुहान रहेको ठाउँ कुश्मा नगरपालिका–२ खुर्काेटमा धान रोपाइँ शुरु भएका कारण पनि बजारमा पानी अभाव भएको उनको भनाइ छ ।

कुश्मा बजारमा एक दिनमा झन्डै २५ लाख लिटर पानीको खपत हुने गरेकामा अहिले बढीमा १५ लाख लिटर मात्र आपूर्ति भइरहेको छ । आपूर्ति भएकोमध्ये पनि झन्डै ३० प्रतिशत पानी पाइप फुट्नुलगायतका कारण बीचमै लिक हुने गरेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  १० : ५० बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न