दम, माइग्रेनदेखि क्यान्सरसम्म निको पार्ने रिट्ठाको प्रयोग कसरी गर्ने ? | Khabarhub Khabarhub

दम, माइग्रेनदेखि क्यान्सरसम्म निको पार्ने रिट्ठाको प्रयोग कसरी गर्ने ?


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

आयुर्वेदिक औषधि मानिसको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।  प्राचीन समयदेखि नै आयुर्वेदिक औषधिको महत्व दिनप्रतिदिन बढ्दो छ । हाम्रो पृथ्वीमा पाइने जति पनि सजिव बनस्पति छन् अधिकांशमा औषधीय गुण हुन्छ ।

कति थाहा पाएर पनि हामीले प्रयोगमा ल्याएका हुँदैनौं त केही थाहा नपाएर पनि प्रयोग विहीन अवस्थामा छन् । थाहा पाउँदा पाउँदै पनि केही वनस्पतीहरुको हामीले राम्रोसँग सदुपयोग गरिरहेका हुँदैनौं । त्यस्तै मध्येको एक हो– रिट्ठा ।

दम रोगदेखि माइग्रेन र क्यान्सरसम्म ठीक पार्ने रिट्ठाको दानाको समुचित प्रयोग कसरी गर्ने यसबारे  हामीलाई जानकारी छैन । रिट्ठा एक किसिमको फल हो जसलाई सुकाएर साबुन, डिटर्जेन्ट र श्याम्पू बनाउन प्रयोग गरिन्छ । रिट्ठा र त्यसको पाउडर पनि सजिलै पाइन्छ । यसको प्रयोग कपाललाई बलियो र कालो बनाउनका लागि गरिन्छ अनि यसले स्वास्थ्य सम्बन्धी धेरै समस्या समाधान गर्छ ।

माइग्रेन भएपछि शिरको आधी भागमा चर्को पीडा हुन्छ । रिट्ठाको प्रयोगले पीडाबाट राहत पाउन सकिन्छ । रिट्ठाको धूलोमा अलिकति मरिच र पानी मिसाउनुस् । यो घोललाई चारपाँच थोपा नाकमा हाल्दा माइग्रेनको पीडा भाग्छ ।

त्यसैगरी दमको रोगीलाई सास लिन अप्ठ्यारो हुन्छ अनि धूलो र धुवामा त खपिनसक्नु खोकी लाग्छ । यस्तो अवस्थामा पाँच ग्राम रिट्ठाको धूलोमा २५० मिलिलिटर पानी मिसाएर काँढा बनाएर पिउँदा लाभ हुन्छ ।

दिनमा दुई तीनचोटि काँढा पिउँदा कफ ठीक हुन्छ र सास फेर्न सजिलो हुन्छ । दाँत दुखेमा रिट्ठाका बिउलाई तावामा भुटेर त्यस बराबर फिटकिरी मिसाएर पिस्नुस् । अब यसलाई दाँतमा दल्नुस् । आराम पाउनुहुनेछ । आउँ पर्ने आउँ पर्दा दिसासँग रगत आउँछ र असाध्यै पीडा हुन्छ ।

यस्तो अवस्थामा पनि रिट्ठाको प्रयोग गर्न सकिन्छ । आधा लिटर पानीमा रिट्ठाको धूलो हालेर पकाउनुस् र चिसो भएपछि आधी कप पिउनुस् । दिनदिनै यो पानी पिउँदा आउँ ठीक हुन्छ । अनियमित रजस्वला यसका लागि रिट्ठाको धूलो दुई ग्राममा अलिकति मह मिसाएर खाँदा रजस्वला नियमित हुन्छ ।

रिट्ठाको धूलो सेवनले विभिन्न अंगको क्यान्सरबाट बचाउँछ । घाउ खटिरा तथा छाला सम्बन्धी रोगमा पनि रिट्ठाको पानीले औषधिको काम गर्छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ७ : ३६ बजे

हात्तीपाइलेविरुद्ध साझा अभियान

महोत्तरी– मान्छेलाई अशक्त, अपाङ्ग र कुरुप बनाउने घातक रोग हात्तीपाइले

१६औं योजना : समृद्धिका ४० राष्ट्रिय लक्ष्य (सूचीसहित)

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) मा समृद्धिका

कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति

टीकापुर– कैलालीका विभिन्न ठाउँमा आगलागी भएको छ । बुधबार मात्रै

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापरलाई मृत्युदण्ड !

काठमाडौं– सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा