विश्वकप क्रिकेट– भारतद्वारा पाकिस्तान पराजित | Khabarhub Khabarhub

विश्वकप क्रिकेट– भारतद्वारा पाकिस्तान पराजित


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्ल्याण्डमा जारी १२ औं आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा भारतले पाकिस्तानलाई पराजित गरेको छ । भारतले पाकिस्तानमाथि ८९ रनको जीत दर्ता गरेको हो ।

पाकिस्तानलाई जीतका लागि ३३७ रनको लक्ष थियो तर जब खेल जारी रहँदा पानी पर्यो त्यसपछि डकवर्थ लुइस नियमका आधारमा जितका लागि ४० ओभरमा ३०२ रनको लक्ष्य पाकिस्तानले पाएको थियो । तर पाकिस्तानले ६ विकेट गुमाएर २१२ रन मात्र जोड्न सक्यो ।

यसअघि टस हारेर पहिला व्याटिङको निम्ता पाएको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३३६ रन जोडेको थियो ।
जवाफी व्याटिङमा आएको पाकिस्तानले एक समय २६.६ ओभरमा दुई विकेट गुमाएर ११७ रन जोडेको थियो ।

तर एकपछि अर्को विकेट धारासायी भएपछि पाकिस्तान समस्यामा परेको थियो । १२९ रन जोड्दा पाकिस्तानको पाँच विकेट गुमेको थियो ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ५ : १८ बजे

शिक्षामन्त्री सुमनाले बूढानीलकण्ठको सूचना सुनाएपछि…

काठमाडौं- शिक्षामन्त्रीको जिम्मेवारीमा जनताले युवा एवं उर्जाशील व्यक्तिलाई पाएका छन्

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका