बिहेको योजना बनाउन युरोप गएका हुन् रणवीर र आलिया ? | Khabarhub Khabarhub

बिहेको योजना बनाउन युरोप गएका हुन् रणवीर र आलिया ?


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड स्टार रणवीर कपूर र आलिया भट्ट युरोप गएका थिए । उनीहरु एकसाथ युरोप गएपछि चर्चा चल्यो कि, रणवीर–आलियाले गुपचुप बिहेको योजना बनाइरहेका छन् । यसबारेमा आलियाले जवाफ दिएकी छिन् ।

आलियाले एक अन्तर्वार्तामा भनिन्, ‘जे पनि भन्दिने, यो सबै बकवास हो, यो केवल एउटा होलिडे थियो, मान्छेले त्यही भन्छ, जे ऊ भन्न चाहन्छ ।’ पहिले आलियाकी आमाले पनि यसबारेमा आफ्नो प्रतिक्रिया दिएकी थिइन् । उनले यो सबै हल्ला भएको बताएकी थिइन् ।

आलिया र रणवीरको सम्बन्धलाई लिएर बलिउडमा खुबै चर्चा हुने गर्छ । यी दुवै एकसाथ रहने गर्छन् । एक अवार्डका बेला आलियाले रणवीरलाई आइ लभ यु पनि भनेकी थिइन् । दुईको सम्बन्धको तारिफ पनि हुने गर्छ ।

कामको कुरा गर्ने हो भने आलिया र रणवीर ब्रह्मास्त्रमा एकसाथ देखिनेछन् । दुवै पहिलोपटक एकसाथ स्किृनिङमा देखिन लागेका हुन् । फिल्मको लोगो सार्वजनिक भइसकेको छ । यो फिल्म क्रिसमसको मौका पारेर रिलिजको तयारीमा छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ४ : ४६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६