विश्वकप क्रिकेट : पुरस्कारमा मात्रै १ अर्ब भन्दा धेरै खर्च हुने | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : पुरस्कारमा मात्रै १ अर्ब भन्दा धेरै खर्च हुने


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं –  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यसपटकको विश्वकप क्रिकेटमा पुरस्कार राशिका लागि मात्रै १० मिलियन अमेरिकी डलर (नेपाली रुपैयाँ १ अर्ब १२ करोड)भन्दा बढी खर्च गर्ने भएको छ ।

आईसीसीले शुक्रबार विश्वकप क्रिकेटमा पुरस्कारका लागि लाग्ने खर्च सार्वजनिक गरेको हो । जसमा आईसीसीले विजेता टोलीलाई ट्रफी सहित ४ मिलिय अमेरिकी डलर (४५ करोड रुपैयाँ) प्रदान गर्ने जानकारी दिएको छ । विजेता टोलीका लागि यो अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशि पनि हो ।

आईसीसीले विजेतालाई ४ मिलियन दिँदा उपविजेता टोलीले २ मिलियन डलर प्राप्त गर्नेछन् । लिगमा प्रत्येक खेल जित्ने टोलीले ४० हजार डलर प्राप्त गर्नेछन् भने सेमिफाइनलमा पराजित हुने २ टोलीले ८–८ लाख डलर पाउनेछन् ।

यस्तै, ४५ वटा लिगका ४५ विजेता टिमले ४०–४० हजार डलर पाउनेछन् भने लिग स्टेज पुरा गर्ने ६ टोलीले १० लाख डलर प्राप्त गर्नेछन् ।

प्रतियोगिता मे ३० देखि जुलाई १४ सम्म इङ्ग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुनेछ । विश्वकमा १० टिमले सहभागीता जनाउँदैछन् । विजेताको पुरस्कार जुलाई १६ मा क्रिेटको मक्का मानिने लड्स मैदानमा वितरण गरिनेछ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ४ : १८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०