लुक्ला विमान दुर्घटनाबारे स्थलगत अध्ययन | Khabarhub Khabarhub

लुक्ला विमान दुर्घटनाबारे स्थलगत अध्ययन


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– तेञ्जिङहिलारी विमास्थल लुक्लामा भएको विमान दुर्घटनाका विषयमा छानविन गर्न गठित समितिले स्थलगत अध्ययन गरेको छ । टोली बुधबार लुक्ला पुगेर स्थलगत अध्ययन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका स्टेशन इञ्चार्ज इमनाथ अधिकारीले जानकारी दिए ।

तीन जनाको ज्यान जाने गरी आइतबार समिट एयरको विमान मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना भएको भोलिपल्टै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले छानविन समिति गठन गरेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दली संयोजकत्वको तीन सदस्यीय टोली बुधबार स्थलगत अध्ययनपछि काठमाडौं फर्किएको छ ।

छानविन समितिको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, तारा एयरका वरिष्ठ क्याप्टेन रवीन्द्र डङ्गोल र नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ रहेका छन् ।

लुक्लाबाट रामेछापको मन्थलीबाट पर्यटक लिन उडेको विमान धावनमार्गमा चिप्लिएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिए पनि टोलीले बुझाएको प्रतिवेदनपछि सत्यतथ्य बाहिर आउने अपेक्षा गरिएको छ ।

उक्त दुर्घटनामा परी विमानका सहचालक सुजीत ढुङ्गाना, सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षकद्वय रामकुमार खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको थियो । खड्का र ढुङ्गानाको घटनास्थलमै तथा श्रेष्ठको काठमाडौँ उपचारका लागि लैजाने क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा परी चार जना घाइते भएका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ९ : २५ बजे

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको