‘लोकतन्त्र कमजोर बनाउने बाटोमा सरकार’ | Khabarhub Khabarhub

‘लोकतन्त्र कमजोर बनाउने बाटोमा सरकार’


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले वर्तमान सरकारको लोकतन्त्रलाई कमजोर गर्ने बाटोमा हिँडिरहेको आरोप लगाएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग उनले सरकारले संसदीय पद्धति र त्यसको मूल्य र मान्यतालाई कमजोर बनाएको र स्वतन्त्र न्यायालयमा हस्तक्षेप गरेको आरोप लगाए ।

उपसभापति गच्छदारले कांग्रेसले जनजागरण अभियान सरकारले गरेका गलत क्रियाकलापको जनतालाई सुसूचित गराउने उद्देश्यले गरेको बताउँदै यस कार्यमा अन्य पार्टीको सहयोग र सहभागिता हुने जानकारी दिए । उनले मुलकको अर्थतन्त्रलाई धरासायी हुने बाटोतर्फ गइरहेको भन्दै बबई सिँचाइ योजना २० वर्ष अगाडि नेपाली कांग्रेसको निर्माण कार्य शुरु भएको बताए ।

उनले जनताको हितमा गरिने प्रत्येक कार्यमा प्रतिपक्ष दलको हैसियतले सहयोग गर्ने बताउँदै विकास निर्माण कार्यमा कांग्रेस हातेमालो गर्नेगरी हिँड्ने बताए । उपसभापति गच्छदारले कांग्रेसभित्र रहेको अन्तरद्वन्द्व समाधान सहमतिबाट भइरहेको जानकारी दिँदै प्रमुख नेताहरुले निर्वाचन, अनुशासन समिति सहमतिबाट नै गठन भएको जानकारी दिए ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ८ : १७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन