सुपरहिरो सम्झाउँदै ‘एभेन्जर्स: इन्ड गेम’ ले रिलिज गर्‍यो यस्तो ट्रेलर | Khabarhub Khabarhub

सुपरहिरो सम्झाउँदै ‘एभेन्जर्स: इन्ड गेम’ ले रिलिज गर्‍यो यस्तो ट्रेलर


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रिलिज हुन केही दिन बाँकी रहँदा मार्भल स्टुडियोको बहुप्रतीक्षित फिल्म ‘एभेन्जर्स: इन्ड गेम’ को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । मार्भलले युट्युबमार्फत उक्त ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा यसअघि रिलिज भइसकेका एभेन्जर्सलाई देखाइएको छ । ट्रेलरमा समावेश धेरै दृश्य अघिल्ला सिरिजहरूबाट लिइएको छ । ट्रेलरमा आइरन म्यान, क्याप्टेन मार्भल, थोर, डक्टर स्ट्रेन्ज, ब्ल्याक प्यान्थर, क्याप्टेन मार्भल, हल्क लगायतका सुपरहिरोको शक्ति देखाइएको छ भने यसअघिका सिरिज पनि सम्झाइएको छ ।

फिल्मको रिलिज मितिलाई लिएर दर्शकमा निकै चासो छ । अप्रैल २६ बाट प्रदर्शनमा आउने यो फिल्ममा कैयन् सुपरहिरोहरु मार्भलको विश्वमा युद्धमा उत्रिनेछन् ।

यसअघि रिलिज भएको फिल्म ‘एभेन्जर्स: इन्फिनिटी वार’ को क्लाइमेक्सका कारण पनि फिल्म प्रतीक्षित बनेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ७ : ४२ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६