‘कलंक’ बुधवार रिलिज नहुँदा हलवालाको ‘टाउको दुखाइ !’ | Khabarhub Khabarhub

‘कलंक’ बुधवार रिलिज नहुँदा हलवालाको ‘टाउको दुखाइ !’


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दी फिल्म ‘कलंक’ बुधवार नै रिलिज हुने भनिए पनि चलचित्र विकास बोर्डको पत्रका कारण शुक्रवार रिलिज हुने भएपछि यो विषय कतिपय हलवालाको टाउको दुखाइ बनेको छ । यसअघि नेपाली फिल्म चाडबाडमा बाहेक अरु समयमा शुक्रवार रिलिज गर्ने परिपाटी भए पनि विदेशी फिल्म भने शुक्रवार (यदि सोही मितिमा विदेशमा पनि रिलिज भए) भन्दा अघि नै रिलिज हुँदै आएको थियो ।

नवनिर्वाचित अध्यक्ष केशव भट्टराईले हस्ताक्षर गरेको चलचित्र विकास बोर्डको पत्रमा नेपाल चलचित्र निर्माता संघको पत्रलाई आधार मानेर बुधवार फिल्म रिलिज नगराउन भनिएको छ ।

यता नेपाल चलचित्र निर्माता संघले पनि चलचित्र विकास बोर्डलाई २०७५/१२/२८ गते नै निवेदन लेखेर विशेष चाडमा बाहेक अरु समयमा विदेशी सिनेमा शुक्रवारअघि रिलिज नगर्न ‘विशेष अनुरोध’ गरेको थियो ।

निर्माताले संघले बोर्डलाई बुझाएको पत्रमा भनेको छ, ‘व्यापारिक दृष्टिकोणबाट अत्यन्तै कठिन अवस्थामा रहेको राष्ट्रिय चलचित्र उद्योग झन् धराशायी अवस्थामा पुग्ने निश्चित प्राय रहेको यस संघको ठहर छ ।’

चलचित्र निर्माता संघको आग्रहलाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डले गरेको निर्णयप्रति धेरैले समर्थन जनाएका छन् भने निर्माताहरु खुशी भएका छन् । तर, केही हलवाला र वितरकले भने विभिन्न बहाना बनाएर यो प्रवृत्तिको विरोध गरेका छन् ।

हिन्दी फिल्म ‘कलंक’ शुक्रवार नै रिलिज हुनुपर्ने भएपछि सम्रग चलचित्र उद्योग खुशी भइरहेका बेला वितरक तथा हलवालाहरुले भने यो कदमको विरोध गरेका हुन् ।

यता भारतमा बुधवारदेखि प्रदर्शनमा आएको फिल्म ‘कलंक’ ले नकारात्मक प्रतिक्रिया पाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ६ : ३६ बजे

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल