नवलपरासीको देवचुलीमा रहेको चौधरी उद्योगमा बम विस्फोट | Khabarhub Khabarhub

नवलपरासीको देवचुलीमा रहेको चौधरी उद्योगमा बम विस्फोट


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पूर्वी नवलपरासीको देवचुलीमा रहेको चौधरी ग्राम उद्योग (सिजी इन्डस्ट्रियल पार्क) मा बम विस्फोट भएको छ ।

उद्योगलाई लक्षित गरी बम बिस्फोट गराइएको स्थानीयले जनाएका छन् ।

प्रहरीले भने केही व्यक्तिले बोत्तलमा बारुद भरेर उद्योग भित्र फालेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्वी) प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले केही व्यक्तिले बोत्तलमा बारुद भरेर उद्योगभित्र फालेको बताए ।

‘तिहारमा पटाका पड्काउन प्रयोग हुने बारुद बोत्तलमा भरेर उद्योगभित्र फालिएको रहेछ । बोत्तल पड्केर ठूलो आवाज आए पनि उद्योगमा कुनै क्षति भएको छैन,’ एसपी थापाले खबरहबसँग भने, ‘घटनास्थलमा प्रहरी गएको छ । अहिले त्यहाँको अवस्था सामान्य छ ।’

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ६ : ११ बजे

पाँच वर्षभित्र तीन क्षेत्रमा ११४ खर्ब लगानी

काठमाडौं – सरकारले अर्थतन्त्रका तीन क्षेत्रमा आगामी पाँच वर्षभित्र १

सिसै सिसाको प्रतिक्षालय (तस्बिरहरु)

काठमाडौं– धरहरा पुनर्निर्माण योजनाअन्तर्गत बनेको नयाँ प्रतीक्षालय अहिले सबैको ध्यानको

खोटाङमा बनबाट डढेलो बस्तीमा पस्दा १३ घर जले, ११ परिवारको बिचल्ली

वनमा लागेको डढेलो बस्तीमा पस्दा खोटाङको बाराहापोखरी गाउँपालिका-१ मा कम्तीमा

१० वर्षमा विदेशी लगानीका ५० उद्योग दर्ता, सिमेन्टमा ६० अर्ब लगानी

नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको ७ दशक बढी भइसकेको

प्रचण्डसँग बाबुरामको आक्रोश, भने : गोरखा २ छोडिदिएर गम्भीर गल्ती गरेछु

काठमाडौं- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले