यमन युद्धमा साउदीलाई गरिरहेको सहयोग रोक्ने प्रस्ताविरुद्ध अमेरिकी राष्ट्रपतिद्वारा भिटो प्रयोग | Khabarhub Khabarhub

यमन युद्धमा साउदीलाई गरिरहेको सहयोग रोक्ने प्रस्ताविरुद्ध अमेरिकी राष्ट्रपतिद्वारा भिटो प्रयोग


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


वाशिङ्टन– यमनमा जारी युद्धका लागि अमेरिकाले साउदी अरबलाई गर्दै आएको सहयोग रोक्का गर्ने विषयमा अमेरिकी कङ्ग्रेसले पारित गरेको प्रस्तावलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले भिटो प्रयोग गरेर उल्ट्याइदिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कङ्ग्रेसको प्रस्ताव अनावश्यक र खतरनाक भएको भन्दै त्यसविरुद्ध भिटो प्रयोग गरेका हुन् ।

‘यो प्रस्ताव खतरनाक र अनावश्यक छ र यसले आफूलाई प्रदान गरिएको संवैधानिक अधिकारलाई पनि कमजोर आँकेको छ । यसले हाल र भविष्यमा अमेरिकी नागरिक र बहादुर सैनिकको जीवन पनि खतरामा पार्नेछ,’ यमनमा जारी युद्धमा साउदी अरबलाई गर्दै आएको अमेरिकी सहयोग रोक्का गर्ने विषयमा पारित प्रस्तावमा भिटो प्रयोग गर्ने बेला ट्रम्पले जारी गरेको सन्देशमा उल्लेख छ ।

टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा साउदी एजेण्टहरुले पत्रकार जमाल खशोग्जीको हत्या गरेपछि यमनमा जारी युद्धमा साउदी अरबलाई गर्दै आएको सहयोग रोक्का गर्ने विषयमा अमेरिकी कङ्ग्रेसले कदम चालेको थियो ।

यसक्रममा साउदी अरबलाई गर्दै आएको सहयोग रोक्का गर्ने विषयमा कङ्ग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले गत अप्रिल र माथिल्लो सदन सिनेटले गत मार्च महिनामा प्रस्ताव पारित गरेका थिए ।

अमेरिकी कङ्ग्रेसको दुबै सदनले राष्ट्रपतिलाई कुनै पनि मुलुकमा सेना पठाउन बन्देज गर्नेगरी प्रस्ताव पारित गरेको यो पहिलो पटक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१५ यता यमनमा चर्किएको हिंसामा साउदी अरब नेतृत्वको गठबन्धनको हवाई आक्रमण र अन्य किसिमका हिंसाबाट ७ हजार जनाभन्दा धेरैको ज्यान गएको संयुक्त राष्ट्र संघले जनाएको छ ।

मारिनेमा ६५ प्रतिशत भन्दा धेरै साउदी अरब नेतृत्वको गठबन्धनको हवाई आक्रमणबाट मारिएको बताइन्छ ।

यमनमा युद्धरत हुथी विद्रोहीलाई आफ्नो क्षेत्रीय प्रतिद्वन्द्वी इरानको सहयोग रहँदै आएको भन्दै साउदी अरबले त्यहाँ भारी मात्रामा सैनिक तथा हवाई आक्रमण गर्दै आएको छ ।

यमनमा साउदी सैनिक अभियानका लागि अमेरिकाले अर्बौं डलर बराबरको हतियार तथा गोप्य जानकारी दिने गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  १२ : ४५ बजे

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।