शक्ति, सुरक्षा र विकासका लागि चाहिने पोषक तत्व | Khabarhub Khabarhub

शक्ति, सुरक्षा र विकासका लागि चाहिने पोषक तत्व


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानिसको शरीरलाई धेरै प्रकारका पोषक तत्वहरुको आवश्यकता पर्छ । शरीरलाई शक्ति प्रदान गर्न, शारीरिक वृद्धि विकास गर्न र रोगविरुद्ध लड्ने क्षमता वृद्धि गर्नका लागि पोषक तत्वहरुको चाहिन्छ । शरीरका लागि चाहिने पोषक तत्व प्राप्त गर्न हामीले खानेकुराहरु खानुपर्छ । प्राकृतिक खाद्यपदार्थहरुमा एकभन्दा बढी प्रकारका पोषक तत्वहरु पाइन्छ ।

शरीरलाई धेरै मात्रामा आवश्यक पर्ने र थोरै मात्राका आवश्यक पर्ने दुई किसिमका पोषक तत्व हामीलाई आवश्यक पर्छ ।  शरीरलाई धेरै मात्राका आवश्यक पर्ने पोषक तत्वमा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ हुन् भने शरीरलाई थोरै मात्रामा चाहिने पोषक तत्व भिटामिन र खनिज पदार्थ हुन् । यी पोषक तत्वहरु हामीले दैनिक खाने खानाबाट प्राप्त हुन्छ । खानामा यी तत्वहरुको कमी भएमा कुपोषण हुने र बढी भएका स्वास्थ्य समस्या देखिन्छ ।

नेपालमा पाँच वर्षमुनिका बालकबालिकाहरुमा कुपोषणको समस्या अझैपनि छ । कुपोषित भएका बालबालिकाहरुको शरीरमा रोग विरुद्ध लड्ने क्षमता कम हुने भएकाले विभिन्न संक्रमण हुने सम्भावना बढी हुन्छ । कुपोषित भएका बालबालिकाहरु होचा, पुड्का र मानसिक रुपमा कमजोर हुन्छन् । बालबालिकालाई कुपोषण हुन नदिन जन्मेदेखि नै पोषिलो खानामा ध्यान दिनुपर्छ । शिशू जन्मिएपछि सुरुमा आउने आमाको पहेँलो बाक्लो दूध पोषण तत्व हो । शिशू जन्मिएपछि आमाको बिगौती दूध शिशूलाई खुवाउनुपर्छ ।

शक्ति दिने पोषक तत्व
शरीरले शक्ति पाउनको लागि कार्बोहाइड्रेट र चिल्ल्लो पदार्थ आवश्यक पर्छ । यी पदार्थ गहुँ, मकै, धान, मह, सखरखन्ड, केरा, तेल, बदामको तेल, कोदो, फापर, आलु, उखुलगायतका कृषिजन्य स्रोतहरुबाट प्राप्त गर्न सकिन्छ । यस्तै नौनी, घ्यू, बोसो, चिनी सखर,मिठाई खादा पनि शरीरलाई शक्ति प्राप्त हुन्छ ।

वृद्धि विकास गर्ने पोषक तत्व
शरीरको वृद्धि विकासका लागि प्रोटिन भएको खाना आवश्यक पर्छ । गेडागुडी, दाल, सिमी, बदाम,केराउ,मास,भटसमा गहत तथा दूध, दही, चिज, माछा, अन्डा, मासु, पशुको कलेजको,मिर्गौला र रगतमा पनि पोषक तत्व पाइन्छ ।

सुरक्षा प्रदान गर्ने पोषक तत्व
शरीरलाई सुरक्षा प्रदान गर्न तथा रोग प्रतिरोधात्मक क्षमताको विकास गर्न भिटामिन र खनिज पदार्थको आवश्यकता पर्छ । शरीरका लागि हरिया सागपात, तरकारी टुसा उमारेका गेडागुडी र फलफूल, माछा मासु अन्डा आदिमा भिटामिन पाइन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  १२ : २९ बजे

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय