आयाक्ससँग युभेन्टस् पराजित– रोनाल्डोको युग सकिएकै हो ? | Khabarhub Khabarhub

आयाक्ससँग युभेन्टस् पराजित– रोनाल्डोको युग सकिएकै हो ?


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – च्याम्पियन्स लिगका सर्वकालिन उच्च गोलकर्ता क्रिष्टियानो रोनाल्डाको टोली युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको दोस्रो लेगमा डच टोली आयाक्ससँग पराजित भएको छ ।

बुधबार बिहान युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा आयाक्ससँग पराजित इटालीयन जाइन्ट युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

अयाक्ससँग २–१ गोल अन्तरले पराजित भएपछि रोनाल्डोको यो सिजनको च्याम्पियन्स लिग यात्रा टु्ङ्गिएको हो । पाँच पटकको च्याम्पियन्स लिग विजेता खेलाडी रोनाल्डोले पहिलो हाफमा गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले खेलको २८ औं मिनेटमा हेड मार्फत गोल गरेका थिए ।

तर, आयाक्सका खेलाडी डोनी भान डे बिकले खेलको ३४ औं मिनेटमा गोल गर्दै टिमलाई युभेन्ट्सविरुद्ध पहिलो हाफमा १–१ गोलको बराबरी पुर्‍याएका थिए ।

दोस्रो हाफको २३ औं मिनेट अर्थात् खेलको ६३ औं मिनेटमा अयाक्सका कप्तान डे लिग्टले गोल गर्दै टिमलाई २—१ को अग्रता दिलाए ।

युभेन्ट्सको घरेलु मैदानमा आयाक्सले आक्रामक खेल्दै रोनाल्डोको टिम युभेन्ट्सको यो सिजनको च्याम्पियन लिग यात्रा समाप्त पारेको छ । यसअघि प्रि क्वाटरफाइनलमा रोनाल्डोको पूर्व क्लब रियल मड्रिडलाई पराजित गरेको आयाक्सले बुधबार बिहान रोनाल्डोको च्याम्पियन्स लिग यात्रामा बिराम लगायो ।

अयाक्सविरुद्धको खेलमा गोल गरेका रोनाल्डोको च्याम्पियन्स लिगमा १ सय २६ गोल पुरा भएको छ । रोनाल्डो युभेन्टस आएपछि च्याम्पियन्स लिगमा बलियो हुने सम्भावनाहरु बारे विश्लेषण भएको थियो । तर, आयाक्ससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको युभेन्ट्सका स्टार रोनाल्डोको युग समाप्त भएको भन्दै आलोचना भइरहेको छ ।

म्याचेस्टर युनाइटेड विरुद्धको खेलमा बार्साका स्टार मेस्सीले दुई गोल गरेर टिमलाई सेमिफाइनलमा पु¥याएको केही घन्टा मै पोर्चुगित स्टार रोनाल्डोको टीम च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  १२ : ०६ बजे

राष्ट्रिय विकास परिषदको बैठक बस्दै, १६औँ योजनालाई अन्तिम रुप दिइने

काठमाडौं– राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।