पराजित भएपछि युनाइटेडका प्रशिक्षकले भने– मेस्सी छुट्टै क्षमताका खेलाडी हुन् | Khabarhub Khabarhub

पराजित भएपछि युनाइटेडका प्रशिक्षकले भने– मेस्सी छुट्टै क्षमताका खेलाडी हुन्


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – च्याम्पियन्स लिग फुटबल अन्तरगत क्वाटरफाइनलको दोस्रो लेगमा पराजित भएको म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले आफ्नो टिम बार्सिलोनाको स्तरमा पुग्न चाहेको बताएका छन् ।

कप्तान लियोनल मेस्सीले दुई गोल गरेपछि सहज जीतको अवस्थामा पुगेको बार्सिलोनाले युनाइटेडलाई ३—० गोल अन्तरले पराजित गरेको थियो । पहिलो र दोस्रो लेगमा गरी युनाइटेड बार्सिलोनासँग ४—० गोल अन्तरले पराजित भएको छ ।

‘यदी तपाई म्यान्चेस्टर युनाइटेडको विगत हेर्नुहुन्छ भने यसको परम्परालाई हेर्न सक्नुहुन्छ । त्यो स्तरको खेल खेल्न सक्यौं भने हामी पक्कै पनि बार्सिलोनालाई चुनौती दिन सक्थ्यौं,’ सोल्सायरले भने,‘त्यस्तो अवस्थामा हामी दुवै खेलमा अगाडि हुनेथियौं ।’

मेस्सीले पहिलो हाफमा ४ मिनेटको अन्तरमा दुई गोल गरेका थिए । उनले खेलको १६ औं र २० औं मिनेटमा गोल गरेका थिए भने फिलिपे कोन्टिन्होले खेलको ६१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३—० को फराकिलो जीत दिलाए ।

युनाइटेडले भने खेलका दौरान आफ्नो विपक्षीविरुद्ध निकै संघर्ष गर्नु परेको थियो । युनाइटेडले च्याम्पियन्स लिगका दुई लेगमा जम्मा तीन सर्ट मात्रै सटअन टार्गेटमा प्रहार गरेको थियो ।

‘मैले मेस्सी शीर्ष खेलाडी हुन् भनेको थिए । उनीसँग क्षमता छ । जुन कुरा उनले ४ मिनेट भित्र दुई गोल गरेर देखाइसकेका छन् । उनको दुई गोलसँगै खेल बार्सिलोनाको हात लागिसकेको थियो,’ सोल्सायरले भने,‘उनी छुट्टै क्षमताका खेलाडी हुन् । उनी र क्रिष्टियानो रोनाल्डो दुवै पछिल्लो दशकका उत्कृष्ट खेलाडी हुन् । यो विषय सबैले स्वीकार्दै आएका छन् । मेस्सीले आफ्नो क्षमता देखाए ।’

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ११ : २३ बजे

आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु

गल्याङ– स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको

मस्कको सुझाव- रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !

काठमाडौंं– स्पेसएक्सका मालिक एलन मस्कले इजरायल र इरानबीच बढ्दो तनावबीच

दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ

संखुवासभा– आफ्नै दाइ ४१ वर्षीय सनमान राईको हत्या गरेको आरोपमा सभापोखरी गाउँपालिका-३

कार्यालय समयमा कार्यकक्षमा नहुने स्वास्थ्यकर्मीलाई कारबाही गरिने

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने

लोकतन्त्रका नक्कली सिक्का आफैँ खुइलिएर विस्थापित हुन्छन् : कांग्रेस नेता महर

बझाङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस लोकतन्त्रको सक्कली