बाहिरी चक्रपथका नाममा ११ करोड स्वाहा, काम कहिले टुंगो छैन ! | Khabarhub Khabarhub

बाहिरी चक्रपथका नाममा ११ करोड स्वाहा, काम कहिले टुंगो छैन !


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको राजधानी दैनिकले सर्वोच्च आदालतले एनसेलले लाभकार छली गरेको रकम असुल्ने फैसला गरेपछि ठूला करदाता कार्यालयले बाँकी असुल गर्नुपर्ने कर निर्धारण गरेको समाचार मुख्य समाचारका रुपमा छापेको छ ।

ठूला करदाता कार्यालयले मंगलबार गरेको कर निर्धाणरणअनुसार अब एनसेलले ३९ अर्ब ६ करोड ६ लाख ८१५ रुपैयाँ तिनुपर्ने देखिएको ठूला करदाता कार्यालयले जानकारी दिएको छ । ठूला करदाताले गरेको नयाँ निर्धारणअनुसार एनसेलले कुल ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ लाभकर तिुर्नुपर्ने थियो ।

त्यसैगरी पत्रिकाले सरकारलाई छल्दै एनजीओद्वारा ६ अर्ब ३८ करोड खर्च शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापेको छ । नेपालका विभिन्न गरैसरकारी संघसंस्थाले सकारलाई छलेर आफूखुशी ६ अर्ब ३८ करोडभन्दा बढी रकम खर्च गरको पाइएको समाचारमा जनाइएको छ ।

तीन वर्षमा गैरसरकारी संस्थाले परियोजना स्वीकृत गरी खर्च गरेको ५२ अर्ब ६३ करोड रुपैयाँको पारदर्शितामाथि पनि प्रश्न सिर्जना भएको उल्लेख छ । महालेखोले त्यसको उपलब्धिका बारेमा प्रश्न गरेको हो ।

त्यसैगरी, पत्रिकले कामै नई बाहिरी चक्रममा ११ करोड खर्च शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापेको छ । काठमाडौं उपत्यकाका तीनवटा जिल्लालाई एक फन्को लगाउने उद्देश्यका साथ अघि बढाइएको बाहिरी चक्रपथ आयोजनामा कामै नभई करिब ११ करोड खर्च गरिएको छ ।

महालेखा परीक्षकको कार्यालयले गत २९ चैतमा सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदनले काठमाडौं उपत्यकामा निर्माण गरिने भनिएको बाहिरी चक्रपथ आयोजनामा केही काम नभइकन कूल १० करोड ८२ लाख रुपैयाँ खर्च भएको औल्याएको छ ।

त्यस्तै पत्रिकाले कांगे्रको जनजागरण अभियानलाई पनि पहिलो पृष्ठमा छापेको छ । पत्रिकाले नेपाली कांग्रेसले तीन चरण विभिन्न जागरको कार्यक्रम सार्वजनिक गरेको छ ।

सरकारका गलत क्रियाकलापको विरोध गर्न तथा नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई चलायमान बनाउन यही बैशाख ११ देखि पुसम्म विभिन्न तीन चरणमा कार्यक्रम हुने समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ६ : ०१ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६