रियाद र अबुधाबीमा आक्रमण गर्ने हुथी लडाकुको चेतावनी | Khabarhub Khabarhub

रियाद र अबुधाबीमा आक्रमण गर्ने हुथी लडाकुको चेतावनी


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यमन– यमनमा सक्रिय हुथी शिया लडाकु समूहले साउदी अरब नेतृत्वको गठबन्धनले संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविराम सम्झौता उल्लङ्घन गरे साउदी अरबको राजधानी रियाद र युनाइटेड अरब इमिरेट्सको राजधानी अबुधाबीसम्म आक्रमण गर्नसक्ने चेतावनी दिएको छ ।

हुथी विद्रोही लडाकुले लाल सागरको तटमा रहेको यमनी शहर होदाइदामा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविराम सम्झौता साउदी अरब नेतृत्वको गठबन्धनले उल्लङ्घन गरेमा रियाद र अबुधाबीसम्म आक्रमण गर्ने चेतावनी दिएको हो ।

साउदी अरब नेतृत्वको गठबन्धनले युद्धविराम सम्झौताको उल्लङ्घन गर्दै होदाइदा बन्दरगाहमा सैनिक आक्रमण गर्ने सूचना आएकाले त्यस्तो दुस्साहस नगर्न हुथी विद्रोहीले चेतावनी दिएको हो ।

हुथी विद्रोहीले सञ्चालन गरेको साबा समाचार संस्थाले जनाएअनुसार समूहसँग लामो दुरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्रको भण्डार रहेको तथा अझ नयाँ क्षेप्यास्त्रहरुको विकास गरिरहेकाले आफूहरुलाई रियाद र अबुधाबीसम्म आक्रमण गर्न असम्भव नरहेको जनाएको हो ।

गत डिसेम्बरमा स्वीडेनको राजधानी स्टकहोल्ममा साउदी अरब नेतृत्वको गठबन्धन तथा हुथी लडाकुका प्रतिनिधिबीच संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविराम सम्झौतामा लाल सागरको तटमा रहेको होदाइदा बन्दरगाहमा हिंसा बन्द गर्ने सहमति बनेको थियो ।

यद्यपि त्यहाँ हिंसा अझै नरोकिएको बताइएको छ । युद्धविराम सम्झौता पूर्ण रुपमा लागू हुन नसक्नुमा साउदी अरब नेतृत्वको गठबन्धन तथा हुथी विद्रोही एकले अर्कालाई दोषरोपण गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ८ : ४२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका