नेपालको प्रेस स्वतन्त्रताबारे अमेरिकी प्रतिवेदन: राष्ट्रपति भवनमा बन्देजदेखि कार्यक्रम प्रस्तोताको बर्खास्तीसम्म | Khabarhub Khabarhub

नेपालको प्रेस स्वतन्त्रताबारे अमेरिकी प्रतिवेदन: राष्ट्रपति भवनमा बन्देजदेखि कार्यक्रम प्रस्तोताको बर्खास्तीसम्म


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले नेपालमा अभ्यास हुँदै आएको प्रेस स्वतन्त्रताका विषयमा चासो व्यक्त गरेको छ । अमेरिकाको विदेश मन्त्रालयको लोकतन्त्र, मानव अधिकार तथा श्रम व्यूरोले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा नेपालको प्रेस स्वतन्त्रतामा हनन भएका विषयहरु समेटिएका छन् ।

अमेरिकाकी विदेश मन्त्रालयको लोकतन्त्र, मानव अधिकार तथा श्रम व्यूरोले सार्वजनिक गरेको ‘कन्ट्री रिपोर्ट्स अन ह्युमन राइट्स प्राक्टिसस २०१८’ नामक ३५ पृष्ठ लामो प्रतिवेदनमा दोश्रो बुँदामा प्रेस स्वतन्त्रताको विषयलाई उल्लेख गरिएको छ ।

प्रतिवेदनमा नेपालको संविधान तथा कानूनले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रताको ग्यारेन्टी गरेपनि सरकारको आलोचना गर्ने पत्रकार तथा समाचार संस्थाहरुलाई सरकारले बन्देज गरेको पत्रकार, गैरसरकारी संस्था तथा राजनीतिक अभियानकर्मीहरुले बताउने गरेको उल्लेख छ ।

नेपालमा हालै जारी भएको अपराध संहिता, देवानी संहिता तथा गोपनियता सम्बन्धी ऐनले सार्वजनिक व्यक्तित्वबारे रिपोर्टिङ गर्नेजस्ता सञ्चारमाध्यमका सामान्य गतिविधिलाई समेत अपराधीकरण गरेको र यसबाट सञ्चारमाध्यमले गर्ने ‘सेल्फ सेन्सरसिप’मा समेत बृद्धि भएको उल्लेख छ ।

प्रतिवेदनमा केही पत्रकार तथा सम्पादकहरुले प्रहरीबाट धम्की र त्रास पनि खेपेको समेत जनाइएको छ । नेपाल सरकारले केही समय अघि नियुक्त गरेका ७ प्रदेशका गर्भनरहरुको राष्ट्रपति भवनमा आयोजित सपथ ग्रहण कार्यक्रममा निजी सञ्चारमाध्यमलाई समाचार संकलन गर्न बन्देज लगाइएको विषयलाई प्रतिवेदनमा समेटिएको छ ।

प्रतिवेदनमा केही समयअघि एक टेलिभिजन प्रस्तोताले अन्तरवार्ताकै क्रममा सञ्चारमन्त्री गोकुल बास्कोटालाई सम्पत्ति विवरणबारे जानकारी मागेपछि उनलाई कार्यक्रमबाटै बर्खास्त गरिएको विषय समेत उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ७ : १७ बजे

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ