इरानमा अमेरिकी नागरिकलाई १० वर्षको जेल सजाय | Khabarhub Khabarhub

इरानमा अमेरिकी नागरिकलाई १० वर्षको जेल सजाय


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानमा एकजना अमेरिकी नागरिकलाई १० वर्षको जेलसजाय सुनाइएको छ । ४६ वर्षीय अमेरिकी नागरिक माइकल ह्वाइटलाई इरानको अदालतले १० वर्ष काराबास सजाय सुनाएको हो ।

गत जुलाईमा इरानको मशहद शहरमा एकजना इरानी महिलासँग भेट्न गएका बेला प्रहरीले उनलाई गिरफ्तार गरेको थियो । इरानका सर्वोच्च नेताको अपमान गरेको तथा आफ्नो व्यक्तिगत तस्बीर सार्वजनिक गरेको अभियोगमा दोषी ठहर गर्दै अदालतले उनलाई १० वर्षको जेलसजाय सुनाएको हो ।

के कारणले अदालतले सर्वोच्च नेताको अपमान गरेको अभियोगमा दोषी ठहर गरेको हो भन्ने स्पष्ट नभएपनि उनले इरानी महिलासँगै बसेर खिचेको फोटो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए ।

क्यालिफोर्निया राज्यमा बसोबास गर्ने ह्वाइटले अमेरिकी नौसेनामा १३ वर्ष सेवा गरेको बताइएको छ ।

इरानी अधिकारीले यसबारे केही विवरण सार्वजनिक गरेका छैनन् । यद्यपि ह्वाइटका पारिवारिक वकिलले जनाएअनुसार उनलाई गत मार्च ६ र ९ तारिखकको दिन भएका बेग्लाबेग्लै सुनुवाईपछि सजाय सुनाइएको हो ।

अमेरिकाको विदेश मन्त्रालयले भने माइकलमाथिको फैसला साँच्चै नै अपराध गरेकाले हो वा राजनीतिक उद्देश्यबाट प्ररित भएर सजाय सुनाइएको हो, त्यसबारे जानकारी लिइने जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ३ : २८ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा