दाङमा पहिलोपटक ‘क’ वर्गको एम्बुलेन्स सञ्चालन | Khabarhub Khabarhub

दाङमा पहिलोपटक ‘क’ वर्गको एम्बुलेन्स सञ्चालन


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको तुलसीपुरमा पहिलो पटक एक निजी अस्पतालले सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । तुलसी अस्पताल प्रालिले सोे एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

जिल्लामा पहिलो पटक ‘क’ वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख चिकित्सक बाल रोग विषेशज्ञ डाक्टर किशोर खत्रीले जानकारी दिए ।

आइसियु, भेन्टिलेटर, कार्र्डियाक, इसिजीलगायत सेवासहित बिरामीका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मी टोली पनि बस्न मिल्ने एम्बुलेन्स सञ्चालनमा ल्याइएको डा खत्रीले बताए ।

उनले अन्य एम्बुलेन्सभन्दा धेरै सेवा र सुविधा भएको तर महसुलमा भने त्यति धेरै फरक नपर्ने समेत जानकारी दिए । सुविधायुक्त एम्बुलेन्स सञ्चालन भएसगैँ गम्भीर घाइते र बिरामीलाई समयमै अस्पताल पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको सो अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  १ : १० बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका