चैतको मध्यदेखि मलेसियाको रोजगारी खुल्ने | Khabarhub Khabarhub

चैतको मध्यदेखि मलेसियाको रोजगारी खुल्ने


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कामदारका लागि गत जेठ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी अप्रिल पहिलो साता (चैत १८ पछि) बाट खुल्ने भएको छ ।

मलेसिया र नेपाल सरकारबीच गत कात्र्तिकमा भएको दोहोरो श्रम सम्झौताअनुसार नै अप्रिल पहिलो सातादेखि कामदार पठाउन तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

मलेसियाको सम्बन्धित निकायसँग नयाँ प्रक्रियामार्फत कामदार पठाउने भएको छलफल सहमतिमा पुगेपछि कामदार पठाउने विषय पक्कापक्की भएको श्रम मन्त्रालयका एक उच्च अधिकारीले बताए । श्रम मन्त्रालयका अधिकारीका अनुसार शुरुमा कलिङ्ग भिसा लागेका कामदारलाई मलेसिया पठाइने छ ।

‘सुरुमा कलिङ्ग भिसा लागेका कामदार पठाउने गरी गृहकार्य भइरहेको छ । श्रम मन्त्रालयले श्रम स्वीकृति बन्द गर्नु अघि भिसा लागेर पनि जान्न नपाएका कामदार पठाउने मलेसियासँग सहमति भइसकेको छ,’ श्रम मन्त्रालयका उच्च अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा खबरहबसँग भने, ‘अप्रिल पहिलो साता कलिङ भिसा लागेका कामदार पठाउने र त्यसपछि नयाँ श्रम स्वीकृति जारी गरी कामदार पठाइन्छ ।’

मन्त्रालयले पुरानो प्रक्रियामार्फत नभइ नयाँ मापदण्डअनुसार कामदार पठाउने उनको भनाइ छ ।

कलिङ भिसा लागेका करिब ७ हजार कामदार रहेको वैदेशिक रोजगार व्यवसायीले बताउँदै आएका छन् । कलिङ भिसा लागेका कामदारले पुनः स्वास्थ्य परीक्षण गराएर मात्र जान पाउने मन्त्रालयले जनाएको छ । कलिङ भिसा लागेका कामदार तत्काल पठाउनका लागि मलेसियाको मानव शसाधन मन्त्रालयलाई पत्राचार गरिसकेको र उत्त मन्त्रालयले पनि कलिङ भिसा लागेका कामदारलाई लिनका लागि नेपालमा रहेको मलेसिया राजदूतावासलाई पत्रचार गरिसकेको छ ।

गत जेठ महिनाम श्रम मन्त्री गोर्कण विष्टले रोगजारका लागि मलेसिया जाने कामदारमाथि आर्थिक भार लगाएर ‘ठगी’ गदै आएका विभिन्न संस्था खारेज गर्न निर्णयपछि मलेसियाको रोजगारी बन्द थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ११ : ५५ बजे

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल