मंगलबारसम्म हल्का वर्षा हुने सम्भावना | Khabarhub Khabarhub

मंगलबारसम्म हल्का वर्षा हुने सम्भावना


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी तीन दिन मौसममा वदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो देशको अधिकांश स्थानको मौसममा समान्य बदली रहने र देशको पश्चिमी क्षेत्र तथा मध्य र पूर्वी क्षेत्रको पहाडी भेगका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेकोे छ ।

त्यस्तै सोमबार देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने र देशको पश्चिमी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने अनुमान विभागले गरेको छ ।

मंगलबार देशका धेरैजसो भूभागमा आंशिक देखि समान्य बदली रहने पूर्वानुमान गरिएको छ । मंगलबार देशको पश्चिमी पहाडी क्षेत्र तथा मध्य तथा पूर्वी क्षेत्रको पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ८ : ४९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन