विद्यार्थी तर्साउँदै मेडिकल कलेज, ललितपुरको विद्यालयमा रोबोटबाट पढाइ | Khabarhub Khabarhub

विद्यार्थी तर्साउँदै मेडिकल कलेज, ललितपुरको विद्यालयमा रोबोटबाट पढाइ


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– आजको नयाँ पत्रिका दैनिकले गण्डकी मेडिकल कलेजमा विद्यार्थी र प्रशासनबीच भएको विवाद र त्यसपछि सिर्जित अवस्थालाई मुख्य समाचारका रुपमा छापेको छ ।

कास्कीका सीडीओ भन्छन्– तत्काल कलजे शुरु नगरे अर्को कारबाही’ गरिनेछ । अदालतमा मुद्दा चल्ने निश्चित भएपछि गण्डकी मेडिकल कलेजका विद्यार्थीले ताला खोले, तर विद्यार्थीसँग बदला लिन सञ्चालकले कलेजन नियमित गर्न मानेका छैनन् ।

त्यस्तै पत्रिकाले दुखद् संयोगः गण्डकी मेडिकल कलेजकै विद्यार्थी फेवातालमिा मृत भेटिएको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ ।

त्यस्तै प्रधानमन्त्रीको निर्देशनमा सतर्कता केन्द्र र शिक्षा मन्त्रालयद्वारा किस्ट मेडिकल कलेजमाथि छानविन थालिएको छ । प्रशासन र मेडिकल काउन्सिलमा उजुरी दिने विद्यार्थीलाई धम्की र प्रलोभन देखाइएको पनि समाचारमा उल्लेख छ ।

शिक्षा मन्त्रलयका सहसचिव डा. हरिप्रसाद लम्सालले भने ‘कलेजको अनुगमन ग¥यौं, कागजात सबै मागेका छौं ।’
त्यस्तै नयाँ पत्रिकाले ललितपुरस्थित एक विद्यालयमा रोबोटबाट पढाउन थालिएको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ । प्रयागपोखरीस्थित याशोधरा बौद्ध माध्यमिक विद्यालयमा शुक्रबारबाट रोबोटमार्फत पढाउन थालिएको हो ।

जापानको केडिडिआई फाउन्डेसन, साझा शिक्षा इ–पाटी तथा ललितपुर महानगरपालिकाको पहलमा नयाँ प्रयोग शुरु गरिएको हो ।

त्यस्तै पत्रिकाले ‘कम्प्युटर देख्नै नपाई कम्प्युटर विषयको परीक्षा’ शीर्षकमा सल्यानको समाचार छापेको छ । सल्यानको कुमाख गाउँपालिका–७ जिमालीस्थित बिर्केनेटी आधारभूत विद्यालयको कक्षा ८ का विद्यार्थी मीनराज चलाउनेले अहिलेसम्म कम्प्युटर देखेका छैनन् ।

तर उनले दुई पटक कम्प्युटर विषयको वार्षिक परीक्षा दिइसकेका छन् ।  ‘ खै ! कम्प्युटर कस्तो हुन्छ देखेको छैन, मीन्नजारले भने, ‘ कम्प्युटर नदेखे पनि पास हुनलाई परीक्षा त दिनैप¥यो नि !’

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : ३१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका