राष्ट्रपति भण्डारी र कोइका अध्यक्षबीच शिष्टाचार भेट | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारी र कोइका अध्यक्षबीच शिष्टाचार भेट


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का अध्यक्ष ली मिकयोङबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता भएको हो ।

भेटका अवसरमा लैङ्गिक मूलप्रवाहीकरण कार्यक्रमका माध्यमबाट महिला सशक्तीकरणका निम्ति नेपाल र कोरिया सरकारबीचको सम्भावित साझेदारीका साथै नेपाली नारीलाई गुणस्तरीय शिक्षा तथा आर्थिक अवसरहरू उपलब्ध गराउनेमा विषयमा विचारविमर्श भएको थियो ।

राष्ट्रपति भण्डारीले नेपालको पुरानो मित्र कोरियाले यहाँको विकासका निम्ति गरेको सहायता तथा नेपाली युवालाई रोजगारी अनुमति प्रणालीअन्तर्गत रोजगारीका अवसर उपलब्ध गराएकामा आभार व्यक्त गरिन ।

भेटमा राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारी, नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र कोइका नेपाल निर्देशक सुङ हुनलगायत उपस्थित थिए ।

कोइका अध्यक्ष ली नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपालको साताव्यापी औपचारिक भ्रमणमा गत आइतबार काठमाडौँ आएको हो ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ७ : ५३ बजे

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार