बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रारविरुद्ध भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रारविरुद्ध भ्रष्टाचार मुद्दा


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार तुलबहादुर श्रेष्ठसहित ४ जनाविरुद्ध ५ लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले रजिस्ट्रार श्रेष्ठसहित आर्थिक प्रशासन प्रमुख रुपा सिंघाची अग्रवाल, सिनियर कलर्कद्वय चन्द कुमार मगर र रमेश कुमार खतिवडाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

अख्तियारले गरेको छानबिनका क्रममा रजिस्ट्रार श्रेष्ठसहित आर्थिक प्रशासन प्रमुख रुपा सिंघाची अग्रवाल, सिनियर कलर्कद्वय चन्द कुमार मगर र रमेश कुमार खतिवडाले बिना कुनै बिल र भर्पाइ लिइ जीबन पौडेलको नाममा चेक जारी गरी ५ लाख ५० हजार रुपैयाँ बराबरको सरकारी रकम हिनामिना गरेको देखिएको छ ।

अख्तियारले चारै जनाविरुद्ध ५ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी बिगो अनुसार जरिवाना र २ वर्ष ६ महिनासम्म कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  १ : १५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ