बोइङको ७३७ म्याक्स संस्करण अब बन्द हुने | Khabarhub Khabarhub

बोइङको ७३७ म्याक्स संस्करण अब बन्द हुने


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी विमान निर्माता कम्पनी बोइङ्गले समस्याग्रस्त ७३७ म्याक्स संस्करणको विमान निर्माण अस्थायी रुपमा बन्द गर्ने भएको छ ।

बोइङ्गले आउँदो जनवरीदेखि अस्थायी रुपमा ७३७ म्याक्स सिरिजका जहाजको निर्माण बन्द गर्ने जनाएको बीबीसीले उल्लेख गरेको छ ।

दुई ठूला दुर्घटनामा ३०० जना भन्दा बढीको मृत्यु भएपछि पछिल्लो ९ महिनादेखि विश्वभर बोइङ्ग ७३७ म्याक्स संस्करणका विमान ग्राउण्डेड भएका छन् ।

बोइङ्गले यो संस्करणका विमानको उत्पादन भने रोकेको थिएन । इन्डोनेसिया र इथियोपियामा ७३७ म्याक्स विमान दुर्घटना हुँदा ३०० जना भन्दा बढीको मृत्यु भएको हो ।

अमेरिकी नियामक निकायले भने सो संस्करणको विमानलाई चाँडै नै उडानका लागि स्वीकृति प्रदान नगरिने स्पष्ट पारेको छ ।

अमेरिकाको वासिङ्गटन, सियाटलमा रहेको बोइङ्ग अमेरिकाको ठूलो विमान निर्माता कम्पनी मध्ये एक हो । यसले उत्पादन गरेका विमान विश्वका विभिन्न देशले किन्ने गरेका छन् ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ८ : ५६ बजे

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का